अभिनेत्री रिया सेनको जन्म २४ फेब्रुअरी १९८१ कोलकातामा भएको थियो । उनको हजुरआमा सुचित्रा सेन, आमा मुनमुन सेन र बहिनी राइमा सेन पनि हिन्दी सिनेमाको अभिनेत्री रहेका छन् ।
उनले आफ्नो अभिनय करियर १९९१ मा फिल्म वि’षकन्याबाट एक बाल कलाकारको रूपमा सुरु गरेकी थिइन् । उनलाई आफ्नो फिल्म करियरको पहिलो व्यवसायिक सफलता सन २००१ मा चंद्रा द्वारा दिग्दर्शित कम बजेट वाला से’क्स कमेडी हिन्दी फिल्म स्टाइलमा मिल्यो । उनको केहि अन्य फिल्ममा निर्माता प्रीतिश नंदीको संगीतमय हिंगलिश फिल्म झंकार बीट्स (२००१), शादी नं. १ (२००५ ) र मलयालममा हरर फिल्म अनंथाभाद्रम (२००५ ) समावेश रहेको छ ।
१६ वर्षको उमेरमा रियाले फाल्गुनी पाठकको संगीत भिडियो ‘याद पिया की आने लगी ‘ मा काम गरेकी थिइन्। त्यहाँ देखि नै उनलाई एक मोडलको रुपमा चिनिएको थियो। त्यहींबाट उनी संगीत भिडियो , टेलिभिजन विज्ञापन, फेशन शोमा र पत्रिकाको आवरणमा देखिन थालिन् ।
बलिउड अभिनेत्री रिया सबैभन्दा धेरै अश्मित र उनको एमएमएसबाट चर्चामा रहेकी थिइन् । जसलाई कसैले अनलाइनबाट लीक गरेको थियो। जस कारण उनको करियरमा ब्रेक लाग्यो । २००५ मा आएको फिल्म वाशु भगनानीको फिल्म सिलसिलेको समयमा रिया र अश्मित एक अर्काको नजिक थिए । पहिला त यी दुई साथी मात्र थिए तर पछि यी दुईको सम्बन्ध बिस्तारै मायामा बदलियो । तर यसैबीच रिया र अश्मितको एक भिडियो भाइरल भयो । जसले बलिउडमा तहल्का मच्चायो । ९० सेकेन्डको यस भिडियोले रिया र अश्मितको अ’श्लील हर्कत सबैलाई देखायो । पछि यी दुईको भिडियोलाई झुटो बताईयो ।