बेन्जेमाले फेरी बनाए अर्काे कीर्तिमान !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडबाट इतिहास रच्ने क्रम जारी राखेका छन् । युईएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध खेल्दै बेन्जेमाले रियलको जर्सीमा ६ सय खेलको आँकडा पुरा गरेका छन् ।

उनले रियलका अर्का लेजेन्ड पाको जेन्टोको ६ सय खेलको कीर्तिमानलाई बराबरी गरेका हुन् । उनले आफ्नो कीर्तिमानी खेलमा दुई गोल थप्दै खेललाई अविस्मरणीय बनाए । इतिहाद स्टेडियममा उनले दुई गोल गरेसँगै बेन्जेमाले यो सिजन ४१ खेलमा आफ्नो गोल संख्या ४१ पुर्याएका छन् ।

उनले च्याम्पियन्स लिगमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । सिटीविरुद्धको दुई गोलसँगै उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा उक्लिएका छन् । उनले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन् ।

च्याम्पियन्स लिगमा बेन्जेमाले आफ्नो गोल संख्या १४ पु¥याएका छन् । लेवान्डोस्कीको नाममा १३ गोल रहेको छ । पोलिस फरवार्डका विपरित बेन्जेमाले अझैपनि आफ्नो गोलसंख्या थप्न सक्छन् । फलस्वरुप बेन्जेमाले आफ्नो करिअरमा पहिलोपटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको ताज पाउन सक्नेछन् ।

बेन्जेमा यस सिजन च्याम्पियन्स लिगमा निसन्देह सबैभन्दा निर्णायक खेलाडी हुन् । जसले उनलाई आगमी जुनमा प्रदान गरिने बालोन डिओर जित्ने सम्भावना छ । उनको १४ गोलले पनि यसलाई प्रमाणित गर्दछ । तिमध्ये उनले नकआउटको ३ खेलमै ९ गोल गरिसकेका छन् ।

जबकि उनले च्याम्पियन्स लिगको ६ खेलमा ५ गोल गरेका थिए । बेन्जेमाले प्रि–क्वाटरफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध ३ गोल, क्वाटरफाइनलमा चेल्सीविरुद्ध ४ गोल र सेमिफाइनलमा सिटीविरुद्ध २ गोल गरिसकेका छन् ।

यो ४१ गोलसँगै बेन्जेमा रियल म्याड्रिडको इतिहासमा क्रिस्टियानो रानोल्डो, फेरेन्क पुस्कास, अल्फ्रेडो डि स्टेफानो र ह्युगो सान्चेजपछि एकै सिजमा ४० गोलको आकँडा पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

२१औं शताब्दीमा उनी पोर्चुगिज फरवार्ड रोनाल्डोपछि ४० गोलको आँकडा पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता रहेका पुर्व कप्तान राहुलसँगको दुरी पनि छोट्याएका छने । राहुलले ३२३ गोल गर्दा बेन्जेमाले ३२० गोल पुर्याएका छन् ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९०८:०९

एन्सेलोटी भन्छन् – ‘चामत्कारिक रातका तयार रहौं, बर्नाबेउमा जादू देखाउनेछौँ’