आफ्नो प्रेम सम्बन्ध बारे गुपचुप छन् यी टिभी एक्ट्रेसहरु ! हेर्नुहोस्

एजेन्सी , आजभोलि फिल्म स्टारलाई जस्तै टेलिभिजनमा काम गर्ने कलाकारहरुको पनि फ्यान फलोइङ्ग  बढिरहेको  छ। कुनै पनि सेलिब्रेटी एवम कलाकार व्यक्तिगत एवम अन्य कुरामा  चासो नराख्ने शुभचिन्तक सायदै होलान ।  उनीहरु हरेक कलाकारको बैवाहिक एवम प्रेम सम्बन्धको बारेमा पनि जान्न चाहिराखेका हुन्छन ।  त्यसैले आज हामी बलिउडका लोकप्रिय टिभी एक्ट्रेस जसको रिलेशनको बारेमा कुरा गर्दैछौ:

ति कुन-कुन अभिनेत्री हुन त जसले आजसम्म पनि आफ्नो प्रेम सम्बन्धलाई गुपचुपमा राखेका छन?

मौनी राय

टेलिभिजन जगतकी प्रसिद्ध अभिनेत्री मौनी रायले चलचित्र गोल्डबाट बलिउड क्षेत्रमा डेब्यु गरेकी हुन्। उनि मोहित रैना संगको ब्रेकअप पछि सिंगल रहेकी छिन भन्ने खबर बाहिरिएको छ। तर कसैलाई थाहा नभएको कुरा यो हो कि मौनी पछिल्लो समयमा निर्देशक आयान मुखर्जीको प्रेम सम्बन्धमा रहेकी छिन।

श्रीती झा

लोकप्रिय टिभी सिरियल कुमकुम भाग्यकि लोकप्रिय अभिनेत्री श्रीती झाले  पनि आफ्नो प्रेम सम्बन्धको बारेमा गुपचुप नै रहेकी छिन। तर यसका अलावा उनि पछिल्लो समयमा अभिनेता कुनाल कपुरको साथमा डेट गरिरहेकी छिन।

सुरभि

इश्कबाज सिरियलमा अनिकाको भुमिकामा देखिएकी सफल एवम प्रसिद्ध एक्ट्रेस सुरभी पनि सिंगल भने छैनन।  यतिबेला उनि नाम चलेका ब्यापारी करण शर्माका साथमा प्रेम सम्बन्धमा रहेकी छिन।

अदिति भाटिया

मोहब्बते सीरियलकी अदिति भाटिया हर युवाका ढुकढुकी हुन्। उनले आफ्नो कुशल अभिनय कलाका कारणले सबैको मन जित्न समेत सफल छिन।  अधिकांशले उनि सिंगल रहेको अड्कल काटीरहदा अदितिले भने आफ्नो अनस्क्रिन भाई अभिषेक संग डेट गरिरहेकी छिन।

प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०९:२४

सलमानलाई गरिन कट्रिनाले प्रपोज ! भनिन ‘ विवाहको उमेर भईसक्यो’