सलमानलाई गरिन कट्रिनाले प्रपोज ! भनिन ‘ विवाहको उमेर भईसक्यो’

एजेन्सी , बलिउडका दबंग खानका नामले परिचित अभिनेता सलमान खानको विवाहलाई लिएर पछिल्लो समय चर्चा नहुने ठाउं सायदै होला।  हरेक मिडियादेखी शुभचिन्तक सम्म सलमानको विवाहलाई लिएर बेखबर रहेका छन।  उनि आफ्नो विवाहलाई लिएर कहिल्यै पनि खुलेर बोल्दैनन यस कुरालाई उनि हांसी मजाकमा उडाईदिन्छ्न तर उनको वास्तविक जीवनमा बिवाह होस् या नहोस चलचित्र भारतमा उनको बिवाह कट्रिना कैफसंग हुने पक्का पक्कि भएको छ।

यो कुराको खुलासा निर्देशक ‘अली अब्बास जफर’ ट्विटरमार्फत एक भिडियो  क्लिप शेयर गर्दै गरेका हुन्।  जहाँ कट्रिनाले  सलमानलाई प्रपोज गर्दै गरेको देख्न सकिन्छ। जुन भिडियो क्लिप हाल सामाजिक संजालमा भाइरल भईरहेको छ।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा कट्रिनाले ‘मेरो विवाहको लागि उमेर भईसक्यो , तपाई मलाई राम्रो पनि लाग्छ भन्नुहोस अब हाम्रो बिवाह कहिले हुन्छ’ भन्दा सलमान मुस्कुराईरहेको देख्न सकिन्छ। यो चलचित्र भारतको संवाद हो तर पनि हाल यो डायलग क्लिप  सामाजिक संजालमा भाइरल भईरहेको छ।

सलमान र कट्रिना अभिनित  चलचित्र भारत जुन ५ मा विभिन्न सिनेमाघरहरुमा प्रदर्शनको तयारीमा रहेको छ। यस भन्दा पहिले यी दुईले चलचित्र ‘एक था टाइगर’ र ‘टाइगर जिंदा हैं ‘ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेका छन।  चलचित्रमा सलमान र कट्रिनाका अलावा तब्बू, जैकी श्रॉफ, दिशा पाटनी, नोरा फतेही और सुनील ग्रोवरजस्ता कलाकारहरुको समेत मुख्य भूमिका रहेको छ।  यसका साथै सलमानले चलचित्र दबंग ३ मा पनि काम गर्न सुरुवात गरिसकेका छन जुन चलचित्र यहि बर्षको अन्त्यमा प्रदर्शन हुने बताईएको छ।

 

 

प्रकाशित : आइतबार, जेठ १२, २०७६०६:०७

चलचित्रको सुटिंग सेटमै घाइते भए जोन अब्राहम, अझै केहि दिन आराम गर्नुपर्ने !