चलचित्रको सुटिंग सेटमै घाइते भए जोन अब्राहम, अझै केहि दिन आराम गर्नुपर्ने !

एजेन्सी , परमाणु, सत्यमेव जयते , रोमियो अकबर , वाल्टर जस्ता चलचित्रमा काम गरिसकेका अभिनेता जोनअब्राहम चलचित्र ‘पागलपंती’ को एक्सन सिनको छायांकनको दौरानमा लडेर घाइते भएका छन। जहाँ उनको बायाँ हातको मम्स्पेशीमा गहिरो चोट लागेको छ। सोहि चोटको कारणले गर्दा अबको केहि समयका जोनले बिश्राम गर्नुपर्ने बताईएको छ।

जानकारीमा आए अनुसार अभिनेताको हातको मम्सपेशी फाटेको र उपचारको क्रम पनि जारी रहेकाले उनले अझै केहि समय सुटिंगलाई पर सार्नुपर्ने देखिएको छ।  यस चलचित्रमा अनिल कपूर, अरशद वारसी, पुलकित सम्राट, इलियाना डिक्रूज ,कीर्ति खरबंदा जस्ता कलाकारहरुको मुख्य भूमिका रहेको छ।

चलचित्रका निर्माता कुमार मंगतले बताए अनुसार सामान्य सटका लागि मिसटाइमिंग भएकाले उनलाई चोट लागेको हो। जोनलाई २० दिन आराम गर्नका लागि समय दिइएको समेत उनले बताएका छन। यस चलचित्रको अधिकांश छायांकन लन्डन र लिड्समा गरिएको हो भने केहि अंश मुम्बईमा समेत गरिने भएको छ।  चलचित्र ‘पागलपंती’ को २२ नोभेम्वरलाई प्रदर्शन मिति तय गरिएको छ।

 

 

प्रकाशित : आइतबार, जेठ १२, २०७६०७:४९

बलिउडका यी कलाकार जसले जोडदैनन् आफ्नो नामको पछाडिको थर, जान्नुहोस कारण !