बलिउडका यी कलाकार जसले जोडदैनन् आफ्नो नामको पछाडिको थर, जान्नुहोस कारण !

बलिउड उद्योगमा केहि यस्ता कलाकर्मी छन  जो आफ्नो नामको पछाडि लाग्ने थर उल्लेख गर्न चाहदैन।  कोहिले आफ्नो थर मन नपरेको कारणले त कसैले नाम लामो हुने कारणले गर्दा आफ्नो थर नामको पछाडी लगाउने गर्दैनन। आउनुहोस आफ्नो नामको पछाडिको थर नलगाउने केहि बलिउड कलाकर्मीको बारेमा कुरा गरौँ ;

रणवीर सिंह 

यस लिस्टमा सबैभन्दा पहिले आउने नाम हो रणवीर सिंह।  उनको पुरा नाम रणवीर सिंह भवनानी हो।  नाम लामो भएकै कारणले गर्दा रणवीरले नामको पछाडी उनले थर जोड्ने गरेका छैनन्।

तमन्ना 

केहि बलिउड तथा साउथ चलचित्रमा काम गरिसकेकी अभिनेत्री तमन्नाको थर भाटिया हो।  करियरको सुरुवातमा उनलाई सबैले पुरा नामले चिन्ने गर्थे तर अन्तंत तमन्नाले आफ्नो थर हटाईदिईन। जानकारीमा आए अनुसार उनले न्युमेरोलोजिस्टको सल्लाह अनुसार नै आफ्नो थर हटाएकी हुन् र चलचित्र क्षेत्रमा थप उचाई पाउन सफल भएकी हुन्।

 काजोल

अभिनेत्री काजोलको पुरा नाम काजोल मुखर्जी हो तर पनि उनले आफ्नो नामको पछाडी थर प्रयोग गरेकी छैनन्।  काजोलले आफ्ना माता पिताबाट अलग्गिए पश्चात आफ्नो नामको पछाडिको थर हटाएकी हुन्।

तब्‍बू

तब्बूको वास्तविक नाम  ‘तबस्सुम हाशमी’ हो।  उनले आफ्नो नाम छोटो बनाउनका लागि नै आफ्नो थर हटाएकी हुन्। आज उनि यसै नामबाट विश्वभर चिरपरिचित रहेकी छिन।

रेखा

बलिवुडकी सदाबहार अभिनेत्री रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो।  तर पछि उनले आफ्नो नाम भानु र गणेशन हटाई रेखा नाम राखेकी हुन्।

असिन

अभिनेत्री असिन्को थर सुन्दा बेग्लै र असजिलो लाग्ने खालको छ।  उनको पुरा नाम असिन थोत्‍तुम्‍कल हो।  थर भन्न असजिलो भएकाले असिनले यो नाम हटाएकी हुन्।

 गोविन्दा

बलिउडका डांसिग स्टार गोविंदा को पुरा नाम गोविंदा आहुजा हो।  प्रसिद्ध बन्नका लागि उनले आफ्नो नाम गोविंदा राखेका हुन्।

 श्रीदेवी

दिबंगत अभिनेत्री श्रीदेविको असली नाम ‘श्रीअम्‍मा यांगर अयप्‍पन’ हो।  नाम लामो र भन्न अफ्ठ्यारो हुने भएकाले उनले आफ्नो नाम परिवर्तन गरेर श्रीदेवी राखेकी हुन्।

 

प्रकाशित : आइतबार, जेठ १२, २०७६११:१९

सोनु निगमलाई राजनीतिमा प्रवेशको प्रस्ताव !