सोनु निगमलाई राजनीतिमा प्रवेशको प्रस्ताव !

एजेन्सी , भारतका चर्चित गायक सोनु निगम अक्सर विभिन्न राजनैतिक कार्यक्रमहरुमा आफ्नो राय ब्यक्त गर्दै आइरहेका छन तथापी उनले हालसम्म राजनीतिमा प्रबेश गर्ने कुनै तयारी गरेका छैनन।  उनि राजनीतिका बारेमा खुलेआम रुपमा आफ्नो आवाज निकाल्दै समेत हिड्ने गरेका छन।

यस भन्दा पहिले पनि उनले ट्रांसजेंडर समुहका लागि समर्थन दिईसकेका छन। साथै आदिवासी बच्चाको पढाईको लागि समेत च्यारिटी शो को आयोजना गर्दै आएका छन। उनले भारतमा कुपोषण नियन्त्रण गर्नका लागि समेत कार्य गर्दै आइरहेका छन।  यी र यस्तै खालका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सोनु सामजिक कार्यमा सामेल हुदै पनि आइरहेका छन।

सोनुले राजनीतिमा आउनका लागि भने अहिले सम्म त्यस्तो खासै कुनै पनि योजना नबनाएको बताएका छन। उनले एक अन्तर्वार्ताका क्रममा यो पनि भनेका छन कि ‘मलाई राजनीतिमा आउनका लागि प्रस्ताव त धेरै आएका छन तर मैले यसका लागि कुनै पनि तयारी नगरेकाले इन्कार गरिदिएको छु’ कुन पार्टी र कसले उनलाई राजनीतिमा प्रवेशका लागि प्रस्ताव राखेका थिए भन्ने कुरा भने सोनुले खुलाएका छैनन्।

सोनुले प्रधानमन्त्री मोदीको जीवनमा आधारित वेब सिरिजका लागि ‘श्याम के रोगन रेले’ बोलको गीतमा आफ्नो आवाज समेत भरेका छन।  जुन गीतलाई उनले राजनैतिक भन्दा बढी आफ्नै शैलीमा ढालेर प्रस्तुत गरेका छन।

 

प्रकाशित : सोमबार, जेठ १३, २०७६०६:३०

यी हुन् राजनीतिमा प्रवेश गरि पहिलोपटक सांसद बनेका ५ बलिवुड सेलिब्रेटीहरु, हेर्नुहोस !