यी हुन् राजनीतिमा प्रवेश गरि पहिलोपटक सांसद बनेका ५ बलिवुड सेलिब्रेटीहरु, हेर्नुहोस !

लोकसभा चुनाव २०१९ मा बिजेपीलाई उग्र बहुमत मिलेको छ । यो पटक लोकसभा चुनावमा कैयौँ सेलिब्रिटीहरु चुनाव मैदानमा उत्रेका थिए । यसमा कुनै सेलिब्रिटी पहिलो पटक राजनीति छिरेका थिए भने कुनै पहिले नै सक्रिय थिए । खास कुरा के भने यी  ५ फिल्मी स्टारहरुले चुनाव जितेर सांसद बनेका छन् ।

स्मृति ईरानी

स्मृति ईरानीले २०१४ मा अमेठीबाट चुनाव लडेकी थिइन् तर त्यसबेला उनले हारेकी थिइन्। तैपनि उनि राज्यसभाको सदस्य थिइन् र केन्द्र सरकारमा मन्त्री पनि थिइन्। लोकसभा चुनाव २०१९ मा फेरि राहुलको अपोजिट अमेठीबाट चुनाव लडिन् र जितिन्। स्मृतिले पहिलो पटक लोकसभा चुनाव जितिन र सांसद बनिन् ।

सनी देओल

धर्मेंद्रको छोरा सनी देओलले पनि भाजपाको टिकटमा गुरदासपुरमा चुनाव लडेका थिए । सनी देओलको चुनाव प्रचारमा उनको सानो भाइ बबी र धर्मेन्द्र पनि आएका थिए । यो सीटमा सनी देओलले टक्कर पंजाब कांग्रेसको प्रदेश अध्यक्ष र गुरदासपुरबाट सांसद सुनील जाखडलाई टक्कर दिएका थिए । सनी देओलले जित हासिल गरेर  पहिलो पटक सांसद बनें।

रवि किशन

करीब तीन दशकबाट भाजपाको गोरखपुरबाट नेता प्रवीण निषादले सिट लिएका थिए । यो पटक भाजपाले भोजपुरी र बलीउड अभिनेता रवि किशनलाई उतारेका थिए। जबकि एसपीबाट रामभुआल निषाद उम्मेदवार छन् । रवि किशनले यो सिटबाट जित हासिल गरिसकेका छन् र सांसद भईसकेका छन्।

नुसरत जहान

बंगाली सिनेमाको चर्चित अभिनेत्री नुसरत जहान बसीरहाट लोकसभा सीटबाट तृणमूल कांग्रेसको टिकटमा चुनाव लडेकी थिइन् । उनी चुनावमा उत्रेकै कारणले उनले विरोधको सामना गर्नु परेको थियो। नुसरत पनि चुनाव जितेर सांसद भईसकेकी छन्।

मिमी चक्रबर्ती

चर्चित बंगाली एक्ट्रेस मिमी चक्रबर्तीले जदावपुरबाट चुनाव लडेकी थिइन्। उनले जित हासिल गरेर सांसद बनेका छन्।

प्रकाशित : सोमबार, जेठ १३, २०७६०९:२०

असार १३ लाई तोकियो ‘कीर्तिपुर’ को प्रदर्शन मिति !