असार १३ लाई तोकियो ‘कीर्तिपुर’ को प्रदर्शन मिति !

रिच इन्टरटेन्मेण्ट प्रा.लीका करण श्रेष्ठ वितरक रहेको ऐतिहासिक बिषयमा निर्माण गरिएको चलाचित्र ‘किर्तिपुर’ (द लिजेण्ड अफ किर्तीलक्ष्मी) को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। प्रदिप खड्गीको निर्देशन र बिरेन्द्र ताम्राकार, प्रेम खड्गी, अनन्त श्रेष्ठ निर्माता रहेको चलचित्र यहि असारको १३ गतेबाट प्रदर्शनमा आउने बताईएको छ।

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित चलचित्रको  संबाद पनि निर्देशक प्रदिप खड्गीले नै तयार गरेका हुन्। चलचित्र ‘किर्तिपुर’ (द लिजेण्ड अफ किर्तीलक्ष्मी) मा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी जस्ता कलाकारहरुको मुख्य अभिनय रहेको छ।

चलचित्रलाई सम्पूर्ण दर्शकको उल्लेखनीय साथ मिल्नेमा चलचित्रकर्मीहरु बिस्वस्त रहेका छन।

 

 

प्रकाशित : सोमबार, जेठ १३, २०७६११:१७

कुनै समयमा एकअर्का भनेपछि मरिहत्ते गर्थे सलमान-ऐश्वर्या ! हेर्नुहोस् दुर्लभ तस्विरहरु !