लिभरपुल समर्थकका लागि खुशीको खबर, अन्य क्लबमा भने खैला-बैला !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल प्रशिक्षक योर्गेन क्लोपको क्लब बसाई लम्ब्याउन सकारात्मक देखिएको छ। अब दुई वर्ष सम्मका लागि मात्र सम्झौता रहेकोमा लिभरपुल क्लोपको सम्झौता थप्न सकारात्मक देखिएको हो।

क्लोपलाई नयाँ सम्झौता प्रस्ताव गर्ने तयारीमा लिभरपुल जुटेको चर्चित खेल मिडिया ‘गोल’ले जनाएको छ। विश्वस्त श्रोतको हवाला दिँदै गोलले लिभरपुल क्लोपको सम्झौता लम्ब्याउने पक्षमा रहेको दावी गरेको छ।

गोलले गरेको दावी अनुसार लिभरपुल क्लोपको सम्झौता दुई वर्षले थप्न चाहन्छ। लिभरपुल र क्लोप बीचको सम्झौता सन् २०२४ सम्मका लागि छ। तर सबै राम्रो गएको खण्डमा अब क्लोप सन् २०२६ सम्म लिभरपुलमा रहनेछन्।

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा गएराति लिभरपुलले भिल्लारियल विरुद्ध खेल्दा फेनवे स्पोर्ट्स ग्रुपका अध्यक्ष माइक गोर्डन एनफिल्डमा रहेको र उनले क्लोपका एजेन्टसँग समेत कुराकानी गरेको गोलको दावी छ। दुवैसँगै देखिएका कारण दुई बीच क्लोपको भविष्यलाई लिएर छलफल भएको अनुमान गरिएको छ।

क्लोप सन् २०१५ मा लिभरपुल आएका थिए। क्लोपले जिम्मेवारी सम्हालेयता लिभरपुल धेरै अगाडी बढेको छ। प्रिमियर लिगको शिर्ष ६ मा रहन संघर्ष गरिरहेको लिभरपुल लगातार शिर्ष चारमा परिरहेको छ। क्लोप आएपछि लिभरपुलले तीन च्याम्पियन्स लिग सेमिफाइनल खेलिसकेको छ भने दुई पटक च्याम्पियन्स लिग फाइनल खेलिसकेको छ।

यस बीचमा लिभरपुलले प्रिमियर लिग, च्याम्पियन्स लिग, सुपर कप, क्लब विश्वकप र कारावाओ कप जस्ता उपाधिहरु जितिसकेको छ। जारी सिजनमा पनि लिभरपुल अझै तीन उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेको छ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१७:०४

पूर्व खेलाडी भन्छन्-“रोनाल्डोले युनाइटेड छाड्नै पर्छ, युनाइटेड आउनु नै गल्ती थियो”