स्थापित विरुद्ध उजुरी, निर्वाचन आयोग एक्सनमा !

sf7df8f}F, !* j}zfv M d] lbj; sfo{qmd g]kfn 6«]8 o'lgog dxf;ª3 -lhkmG6_åf/f cfOtaf/ /fhwfgLdf cfof]lht d] lbj; @)@@ sfo{qmdnfO{ ;Daf]wg ub}{ sf7df8f}F dxfgu/kflnsfsf gu/ k|d'vsf pDd]bjf/ s]zj :yflkt . tl:a/ MrGb|snf If]qL÷/f;;

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

राजधानीको एक कलेजसहित विभिन्न ठाउँमा काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेपछि सोमबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘नेकपा एमालेको काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले वैशाख १५ गते धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचन आचारसंहिताको दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (च), (ठ) र (ढ) साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड (द) अनुकूल नभएकोले सो विषयमा आधारसहित २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देश गर्दछ।’

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार स्थापित सम्बन्धमा वैशाख १६ जारी विज्ञप्ति भनी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको हुँदा निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (क) मा गैरसरकार वा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेत व्यवस्था भएकाले विज्ञप्ति सार्वजनिक भएको माध्यमबाट यथाशीघ्र हटाई प्रमाणसहित २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न आयोग निर्देशन दिएको छ।

त्यस्तै, नेसनल कलेजमा आयोजित कार्यक्रममा काठमाडौँमा स्थानीय तह निर्वाचन सम्बन्धमा काठमाडौं महानगरपालिका र नागर्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फका समेत मेयरका उम्मेदवारहरूसँग राखेको छलफल कार्यक्रममा विभिन्न व्यक्तिले बोलेको भनी सार्वजनिक भएका विषयवस्तुहरू सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ। सो कार्यक्रमको विस्तृत खुलाई आयोगमा पेस गर्न भनिएको छ।

नेशनल कलेजमा आयोजित कार्यक्रमा सहभागीले ‘मिटु’ आरोपबारे प्रश्न सोधेपछि स्थापित झोंक्किएका थिए। उनले काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि समेत अभिव्यक्ति दिएका थिए। त्यसपछि स्थापितले दिएको अभिव्यक्तिले महिला हिंसालाई प्राथमिकता दिएको भन्दै ओरेकले विज्ञप्ति निकालेको थियो।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९०७:५०

भारतमा खपिनसक्नु गर्मी, १२२ वर्षयताकै उच्चतम सरदर तापक्रम ! कति ?