एम्बाप्पेले यहि महिना आफ्नो निर्णय सुनाउने, पिएसजीलाई झड्का लाग्न सक्ने !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे करियरकै कठिन मोडमा छन्। आउने केहि महिना भित्रै उनले आफ्नो भविष्यलाई लिएर महत्वपूर्ण निर्णय लिनुपर्नेछ। उनको पेरिस सेन्ट जर्मेन(पिएसजी)मा यहि सिजन सम्मका लागि मात्रै सम्झौता छ।

सम्झौता सकिनै लाग्दा समेत एम्बाप्पे पिएसजीमै रहन्छन् कि अन्यत्र जान्छन् भन्ने कुरा अन्योलमै छ। एम्बाप्पेलाई सम्झौता थप गराउने पिएसजीको प्रयास जारी छ। पिएसजी एम्बाप्पेका लगभग धेरै जस्ता शर्तहरु मान्न तयार छ। खबरमा आएअनुसार पिएसजी एम्बाप्पेलाई विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनाउन समेत चाहन्छ।

विभिन्न खेल मिडियाहरुका अनुसार आफ्नो भविष्य बारे एम्बाप्पेले यहि महिनाभरमा निर्णय गर्नेछन्। एम्बाप्पेले आफ्नो भविष्यको सम्बन्धमा यहि महिना निर्णय सुनाउने खेल मिडिया ९० मिन डट कमले जनाएको छ। सो मिडियाले गरेको दावी अनुसार एम्बाप्पेले मे महिनाको अन्त्य सम्ममा आफ्नो निर्णय सार्वजनिक गरिसक्नेछन्।

एम्बाप्पेले यस महिनाको अन्त्य सम्ममा रियल म्याड्रिड जाने घोषणा गर्ने सो मिडियाको दावी रहेको छ। पिएसजीको तर्फबाट धेरै प्रस्तावहरु भएपनि ती सबै प्रस्तावहरुलाई अस्विकार गरेर एम्बाप्पेले रियल जाने निर्णय सुनाउने सो मिडिया दावी गर्छ। एम्बाप्पे सन् २०१७ मा पिएसजी पुगेका थिए। पिएसजीले उनलाई भित्र्याउन १ सय ७० मिलियन युरो खर्च गरेको थियो।

पिएसजीका लागि एम्बाप्पेले अहिले सम्म २ सय १७ खेल खेलेका छन्। जसमा उनले १ सय ६४ गोल गरेका छन् भने ८४ असिस्ट दिएका छन्। चार लिग वान उपाधि जित्दा उनले कयौं व्यक्तिगत उपाधिहरु पनि जितेका छन्।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१५:३८

यी युवा मिडफिल्डरका लागि लिभरपुल र रियल बीच कडा टक्कर !