एजेन्सी – खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै स्पेनिस क्लब रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।
रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।
तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल फर्काए ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । त्यसपछि जिततर्फ अग्रसर बनेको सिटीविरुद्ध रोड्रिगोलको दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै रियलको सम्भावना जीवित राखे ।
६८औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका रोड्रिगोले ९०औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै रोड्रिगोले नै मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेलमा २–१ को अग्रता लिदा खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो ।
त्यसपछि अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । रुवेन डियासले पेनाल्टी बक्समा फउल गर्न पुगेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा यो सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता १५ गोल पु¥याएका बेन्जेमा चुकेनन् । त्यसपछि लगातार दवा खेपेको घरेलु टोलीलाई त्यो दवाव थेग्दै जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
अब रियलले उपाधिका लासग २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

