हिन्दू धर्ममा लक्ष्मीलाई धनकी देवी र कुबेरलाई धनको देवता मानिन्छ। माता लक्ष्मी र कुबेरको कृपाले मात्र जीवनमा धनको प्राप्ति हुन्छ। यदि कुनै व्यक्तिमा लक्ष्मी माता र कुबेरको कृपा रहन्छ भने, उसलाई कहिल्यै धनको कमीको सामना गर्नु पर्दैन। ज्योतिष शास्त्रका अनुसार यी मन्त्रहरू यति प्रभावकारी छन् कि दैनिक जप गर्दा जीवनमा धन-सम्पत्तिको कमी हुँदैन।

‘ॐ यक्षाय कुबेराय वैश्रवणाय धनधान्याधिपत्ये
धनधान्यसमृद्धिं मेहि दापय स्वाहा॥’
यो भगवान कुबेरको अटुट मन्त्र हो। यो ३५ अक्षरको मन्त्रको कम्तीमा एक माला दैनिक जप गर्नाले व्यक्तिको आर्थिक समस्याको अन्त्य हुने विश्वास रहेको छ। यो मन्त्र कम्तिमा ३ महिनासम्म लगातार जप गर्न सल्लाह दिइन्छ। साथै, मन्त्र जप गर्दा मुख दक्षिण दिशामा हुनुपर्छ।
‘ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥’
धेरै धन प्राप्त गर्न कुबेरको यो मन्त्रको जप गर्नुपर्छ। यो मन्त्रको दिनहुँ जप गर्नाले सबै सुख प्राप्त हुन्छ। विलासी जीवन बिताउन चाहनेहरूले यो मन्त्रको जप गर्नुपर्छ भन्न सकिन्छ।

‘ॐ ह्रीं श्रीं क्रीं श्रीं कुबेराय अष्ट-लक्ष्मी मम गृहे धनं पुरय नमः।’
यो अष्टलक्ष्मी कुबेर मन्त्र हो। यो मन्त्र जप गर्नाले लक्ष्मी र कुबेर देव दुबैको कृपा प्राप्त हुन्छ। माता लक्ष्मी र कुबेरको कृपाको कारणले व्यक्तिले धन-सम्पत्ति मात्र नभई जीवनमा पद र प्रतिष्ठा पनि प्राप्त गर्छ। यो मन्त्रको जप दिनहुँ गर्नुपर्छ तर विशेषगरी शुक्रबार राति यस मन्त्रको साधना गर्नुपर्छ।

