लेभान्टे विरुद्ध रियलको ताण्डव, भिनिसियसको ह्याट्रिक !

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गोल तथा मिडफिल्डर लुका मोड्रिचको ह्याट्रिक असिस्टमा यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ ।

रियलले घरेलु मैदानमा लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको एकपक्षीय खेलमा रियलले खेलको १३औं मिनेटमा फर्लान्ड मेन्डीको गोलबाट खाता खोलेको थियो । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा रोड्रिगोले लुका मोड्रिचकै पासमा गोल गरेपछि रियल खेलमा ३–० ले अघि बढ्यो । ४५औं मिनेटमा भिनिसियल जुनियरले मोड्रिचकै पासमा गोल गरेपछि रियल पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

६८औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि रियल खेलमा फराकिलो जिततर्फ अग्रसर बन्यो । ८३औं मिनेटमा भिनिसियसले ह्याट्रिक पुरा गर्दै रियललाई सानदार जित दिलाए । उनले लुका जोभिकको पासमा गोल गर्न सफल भएका थिए ।

यो सानदार जितसँगै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ४६ खेलबाट ८४ अंक पुगेको छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहेको छ । रयलसँगको हारले लेभान्टेलाई रेलिगेसनको दवाव बढेको छ । अब बाँकी दुई खेलमा सफलता हात पार्न नसके लेभान्टे रेलिगेसनमा पर्नेछ ।

प्रकाशित : शुक्रबार, बैशाख ३०, २०७९०६:२७

कसले जित्ला एफए कप ? खेल कुन च्यानलमा हेर्ने ?