नेमकिपा भन्छ – निर्वाचनले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गर्‍याे

k|ltlglw;ef a}7sdf g]dlskfsf g]tf ;'jfn sf7df8f}F, !% kmfu'gM cy{dGqL hgfb{g zdf{n] k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf k]z u/]sf] g]kfn / cd]l/sL ;xof]u lgsfo Pdl;;LaLr ePsf] ;Demf}tfdflysf] ;fdfGo 5nkmn;DaGwL k|:tfjdf efu lnFb} g]dlskfsf g]tf k|]d ;'jfn . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडाैं,  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको हो ।

उक्त पार्टीका सङ्‍घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्‍ने जनताले पहिल्यै अनुमान गरेको बताए।

‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो । त्यो सत्य भएको देखियो । किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले न्युज कारखानासँग भने ।

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाए । निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको पनि उनको भनाइ छ ।

निर्वाचनलाई उनले अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि बताए । तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको आरोप लगाए ।

प्रकाशित : शनिबार, जेठ ०७, २०७९०९:०४

सिजनको अन्तिम खेलमा रियल बराबरीमै रोकियो !