आज हुँदै रिभर फल्स पावरको आईपीओको बाँडफाँड, कतिको चम्किनेछ भाग्य ?

काठमाडौँ – रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर(आईपीओ)को बाँडफाँड आज हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओको बाँडफाँड आज हुने भएको हो।

कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो।

त्यसमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

आवेदन खुल्ला भएपछि २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन परेको थियो। १८ लाख ५० हजार २७७ जना सर्वसाधारणले २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएको बताइएको छ।

आज बाँडफाँड हुँदा १५ लाख ९६ हजार ३८७ जना आवेदकको हात रित्तो हुनेछ भने २ लाख ५३ हजार ८९० जना सर्वसाधारणले १० कित्ताको दर शेयर पाउनेछन्।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मे.वा लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : सोमबार, जेठ ०९, २०७९१४:४७

एमालेसँग हात मिलाएका कमल थापा बिच्किए, सहकार्य बेकार भएको निष्कर्ष !