भारतले लगायो चिनी निर्यातमा रोक, नेपालमा असर पर्ने !

काठमाडौँ – भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ। १ जुन (१८ जेठ) देखि लागू हुनेगरी भारतले चिनीको निर्यातमा रोक लगाउने भएको हो। आन्तरिक बजारमा चिनीको उत्पादन घटेर भाउ बढेपछि भारतले चिनीको निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

सो निर्णय लागू भएसँगै ४ महिनाका लागि भारतले चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यात गर्नेछैन। रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्तिमा समस्या उत्पन्न हुँदा भारत यस्तो निर्णयमा पुगेको बताइन्छ। विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ।

सो निर्देशनालयले गरेको निर्णय अनुसार चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने छ। अन्य देशमा चिनी निर्यातमा रोक लगाइएपनि अमेरिका र बेलायतमा भने चिनी निर्यात रोकिने छैन।

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनीको अभाव हुन सक्ने सम्भावना बढेको छ। भारतको सो निर्णयले नेपाली बजारमा ठूलो असर पर्ने नेपाल चिनी उद्योग संघले जनाएको छ।

प्रकाशित : बुधबार, जेठ ११, २०७९१५:०३

“कांग्रेस झनै लोकप्रिय भयो, ओलीको आलोचना गर्ने समय सकियो”