मुगालाई सुख समृद्धिको प्रतीकको रुपमा मान्ने गरिन्छ। त्यस्तै मुगाको माला लगाऊनाले भगवान श्री राम , हनुमान र भगवान गणेशको कृपा पाइने पनि मान्यता रहेको छ। मुगाको माला लगाउने गर्नाले घरको सुख समृद्धिमा वृद्धि हुनका अनावश्यक दुर्घटनाबाट समेत बच्न सकिने धारणा रहिआएको छ। साथमा यसको प्रयोगले रोग संग लड्ने क्षमताको विकास गराउनुका साथै नकारात्मक उर्जा समेत शरीरमा प्रवेश गर्न दिदैन। मुगाको मालालाई साथमा लिएर जप समेत गर्न सकिन्छ।
वास्तवमा मुगाको माला लगाउनुको बिशेष महत्व के रहेको छ त आउनुहोस एकै छिन चर्चा गरौँ
कस्ता व्यक्तिका लागि लाभदायक छ त मुगाको माला ?
स्मरणशक्ति कमजोर भएका ,पढाईमा कमजोर , कुण्डलीमा बुध ग्रह कमजोर भएकाहरुका लागि मुगाको माला लगाउनुलाई शुभ मान्ने गरिन्छ। धार्मिक मान्यता रहे अनुसार मुगाको माला लगाउनाले मंगल ग्रह बलवान रहन्छ। मुगाको मालाको धारण गर्नु पुर्व भने मालालाई हनुमानको मन्दिरमा लगेर एकपटक पुजा गर्नु आवश्यक छ।
आत्मविश्वास बढाउनका लागि
– मुगाको मालाको सहायताले भगवान श्रीराम र हनुमानको मन्त्र जप गर्न सकिन्छ।
-बिबाहित महिलाले मुगाको माला लगाउनाले पतिको दिर्घायु हुने बिश्वास रहेको छ।
-मुगाको मालाको प्रयोगले भगवान हनुमान खुसि हुनका साथै परिवारमा सुख शान्ति छाउने छ।
मुगाको माला कहिले लगाउने
मुगाको माला मंगलवारको दिन लगाउनुलाई शुभ मानिन्छ।
धारण गर्नु भन्दा पहिले हनुमान , शिव र श्री रामको पुजा गर्नु आवश्यक छ।
मुगाको माला लगाउनाले कसैको नराम्रो नजर नलाग्ने र घरमा सुख शान्ति प्राप्त भएर जान्छ।
यसलाई गंगाजलले धोएर , धुप दीप बालेर लगाउनु पर्छ।
मुगाको माला लगाईसकेपछि माछा मासु तथा मदिरापान गर्नु हुदैन र सधै सत्य कुरा मात्र बोल्नु पर्दछ।