सबैभन्दा ठूलो ग्रहले गर्दै राशि परिवर्तन, कुन राशिमा कस्तो प्रभाव पर्ला ?

सूर्यदेवलाई सबै ग्रहहरूको राजा भनिन्छ। सूर्यदेव हरेक महिना आफ्नो राशि परिवर्तन गर्छन्। यो परिवर्तनले सबै १२ राशि चिन्हहरूमा फरक फरक प्रभाव पार्छ। यसपटक सूर्य वृष राशि छोडेर १५ जुनमा मिथुन राशिमा प्रवेश गर्नेछन्। सूर्य यो राशिमा करिब एक महिना रहनेछन्। यो गोचर अवधिले तपाईंको राशिमा कस्तो प्रभाव पार्छ थाहा पाउनुहोस्।

मेष राशि 

प्रगतिको बाटो खुल्नेछ। आकस्मिक धन प्राप्तिको सम्भावना छ। काममा जिम्मेवारी बढ्न सक्छ। कार्यक्षेत्रमा पदोन्नतिको अवसर पनि मिल्नेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। बोलीमा मिठास रहनेछ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ।

वृष राशि 

व्यापारमा सुधार आउने, आम्दानीमा सुधार आउनेछ। परिवारमा अशान्तिको स्थिति आउन सक्छ। साथी वा चिनजानको माध्यमबाट जागिर पाउने सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। स्वास्थ्यमा सजग रहनु पर्ने देखिन्छ।

मिथुन राशि 

सूर्यको यो राशि परिवर्तनले तपाईंलाई अप्ठ्यारो पार्नेछ। व्यापारमा कठिनाइको सामना गर्नु पर्नेछ। मनमा निराशा बढ्नेछ तर संयमित रहनु पर्ने देखिन्छ। बोलीमा कोमलता कायम राख्नुहोला। कतै रोकिएको पैसा फिर्ता हुन सक्छ।

कर्कट राशि 

यस गोचर अवधिमा, तपाईं आमाको स्वास्थ्यको बारेमा सचेत हुन आवश्यक छ। कार्यस्थलमा कठिनाइको सामना गर्नु पर्नेछ। लामो समयपछि साथीभाइ र चिनजानका व्यक्तिहरूसँग भेटघाट हुनसक्छ, जसले गर्दा मनमा सकारात्मक ऊर्जाको प्रवाह हुनेछ।

सिंह राशि 

तपाईंको पारिवारिक जीवन सुखमय रहनेछ। शैक्षिक वा बौद्धिक कार्यमा रुचि बढ्नेछ। कामको बोझ बढ्न सक्छ। मनमा शान्ति मिल्नेछ। कार्यस्थलमा सहकर्मीसँग सौहार्दपूर्ण व्यवहार गर्नु पर्ने देखिन्छ।

कन्या राशि 

व्यापारमा नयाँ लगानी हुनसक्छ। काममा केही नयाँ जिम्मेवारी पाउन सकिनेछ। सन्तान सुख प्राप्त हुनेछ। परिवारमा वैचारिक मतभेद हुन सक्छ। घरको आर्थिक अवस्था राम्रो रहनेछ।

तुला राशि 

यस समयमा पारिवारिक समस्याले तपाईंलाई सताउन सक्छ। यस्तो अवस्थामा तपाईंले संयमित भएर अरुको अनावश्यक तर्कबाट टाढा रहनुपर्छ। घरमा मानसिक अशान्ति आउन सक्छ र तपाईंको आत्मविश्वास पनि डगमगाउन सक्छ।

वृश्चिक राशि 

अन्य ठाउँ वा शहरमा जागिर सरुवा हुन सक्छ। कार्यस्थलमा पनि धेरै कठिनाइको सामना गर्नु पर्नेछ। यस कारण मनमा क्रोध र निराशाको संचार हुनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रण गरी नराम्रो समय बिताउन आवश्यक हुनेछ।

धनु राशि 

सूर्य भगवानको यो राशि परिवर्तनको समयमा कपडा तथा अन्य सामानको लागि रुजान बढ्न सक्छ। लेखन तथा अन्य बौद्धिक कार्यमा रुचि बढ्नेछ, जसले आम्दानीका नयाँ ढोकाहरू पनि खोल्नेछ। जागिरमा पदोन्नति वा तलब वृद्धिको सम्भावना छ।

मकर राशि 

यो अवधिमा परिवारमा कुनै धार्मिक कार्य सम्पन्न हुने सम्भावना छ। तपाईंले जीवनमा धेरै सफलताहरू पाउनुहुनेछ, जसका कारण तपाईं आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। परिवारसँग धार्मिक यात्रामा पनि जान सकिनेछ।

कुम्भ राशि 

परीक्षा, अन्तर्वार्ता जस्ता काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ। अभिभावकको सहयोग मिल्नेछ। पढाइमा रुचि बढ्नेछ। खानपानमा रुचि बढ्नेछ।

मीन राशि 

जागिर परिवर्तनको अवसर मिल्न सक्छ। कुराकानीमा संयमित हुनुहोस् र तनावबाट टाढा रहनुहोस्। क्रोध र आवेगलाई नियन्त्रण गर्न आवश्यक हुनेछ। शान्त रहनुहोस् र सकारात्मक कुराहरूमा ध्यान दिनुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१५:१५

यस्ता बानीले रिसाउँछिन् माता लक्ष्मी, हुनेछ अत्यन्त अशुभ !