सस्तोमा सुन किन्न झोलाभरी पैसा बोकेर पुगे लैनचौर, तर घट्यो नसोचेको घटना !

सांकेतिक तस्विर

काठमाडौँ – काठमाडौँमा एक व्यापारी लुटिएका छन्। काठमाडौंको लैनचौरबाट एक व्यापारी झन्डै दुई साता अगाडी लुटिएका हुन्। लुटपाट भएको झन्डै दुई साता पुग्न लाग्दा पनि लुटेराहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एक व्यापारीलाई लुटेको थाहा हुनमा आएको छ। प्राप्त जानकारी अनुसार घटना जेठ ८ गतेको हो।

व्यापारीको साथबाट ३५ लाख लुटपाट भएको र त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। झन्डै दुई साता पुग्न लाग्दा पनि लुटेरा पक्राउ पर्न नसक्नुले प्रहरी तनावमा परेको छ।

सो घटनाका सम्बन्धमा अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। अहिले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान भइरहेको छ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१३:०१

विरेन्द्रको सालिक राख्न खोज्दा झडप, कमल थापा भन्छन् – ‘सालिक राखेर राजा फर्कने होइन’