कम्युनिस्ट कमाउनिस्ट बन्दै: सम्पत्ति कमाउने होडबाजी !

रविभूषण शाह

यतिवेला गोकर्ण रिसोर्टको कुरा आएको छ । नेपाल ट्रस्टको दरबारमार्गको जमिनको भाडादरको कुरा आएको छ । सगरमाथा निकुञ्जको कुरा आएको छ । पाथिभराको जग्गाको कुरा आएको छ । अझ दुःखद कुरा त के भने आवश्यक नै नभएका र व्यावसायिक हवाई उडान हुन नसक्ने ठाउँमा पनि एयरपोर्टको योजना गर्ने, त्यस वरिपरिको जमिन सस्तोमा खरिद गर्ने, एयरपोर्टका लागि अधिग्रहण भन्दै अत्यन्त महँगो दाममा सरकारलाई बेच्ने वा होडिल्ङ गर्नेसम्मका योजनाहरू बाहिरिएका छन् ।

मुख्य प्रश्न त यो हो, यो सरकारले कम्युनिज्म को विचार धारा कि (भ्रष्टाचार) करप्सनलाई बढावा दिन खोज्या हो ? सरकार गठनपछि करप्सनले चरम सीमा नाघिसकेको छ । २०१८ मा ट्रान्सपरेन्सी इन्टरनेसनल ले जारी गरेको रिपोर्ट को हिसाब ले १ सय ७५ मुलुकमध्ये नेपाल १२४आँै भ्रस्ट मुलुकको रूपमा उल्लेख थियो ।

सन् २०१९ मा जारी रिर्पोटमा पनि नेपालको हालत त्यही छ । विकास निर्माणका काम कमिसनको लागि जन प्रतिनिधिले आफ्नो नातेदार र आफ्नो नजिकको व्यक्तिलाई दिने गरेको यथेष्ट प्रमाण छन् । यसमा आमजनताले खोइ त भ्रष्टाचारमाथि सरकार को नियन्त्रण ? भनेर प्रश्न र्ग थालिसकेका छन्् । कहाँ छ अख्तियार ? अख्तियार ले समात्दा खरिदार, सुब्बा र सानो कर्मचारी मात्र किन ? के त साच्चिँकै यो मुलुकमा खरिदार र सुब्बाले मात्रै भ्रष्ट्राचार गरेको छ त ? खोइ वाइडबडी के भयो ? ३३ किलो सुन काण्ड के भयो ? लगायतका प्रश्न उठाइरहेका छन् ।

सरकारले कम्युनिज्म विचार धारा कि (भ्रष्टाचार) करप्सन लाई बढावा दिन खोज्या हो ? सरकार गठनपछि करप्सनले चरम सीमा नाघिसकेको छ । यतिवेला गोकर्ण रिसोर्टको कुरा आएको छ । नेपाल ट्रष्टको दरबारमार्गको जमिनको भाडादरको कुरा आएको छ । सगरमाथा निकुञ्जको कुरा आएको छ । पाथिभराको जग्गाको कुरा आएको छ

यतिवेला गोकर्ण रिसोर्टको कुरा आएको छ । नेपाल ट्रस्टको दरबारमार्गको जमिनको भाडादरको कुरा आएको छ । सगरमाथा निकुञ्जको कुरा आएको छ । पाथिभराको जग्गाको कुरा आएको छ । अझ दुःखद् कुरा त के भने आवश्यक नै नभएका र व्यावसायिक हवाई उडान हुन नसक्ने ठाउँमा पनि एयरपार्टको योजना गर्ने, त्यस वरिपरिको जमिन सस्तोमा खरिद गर्ने, एयरपोर्टका लागि अधिग्रहण भन्दै अत्यन्त महँगो दाममा सरकारलाई बेच्ने वा होडिल्ङ गर्नेसम्मका योजनाहरू बाहिरिएका छन्् ।

यो राज्यमा अझै माफियाकरण र बढ्दो भ्रष्टाचार झांगिइरहेको प्रमाण नभएर अरू के हुन सक्छ ? केपी ओली र कम्युनिस्ट पार्टीको अध्यक्ष कमरेड प्रचण्ड ‘साम्यवाद’ र लोकतान्त्रिक समाजवाद’ को कुरा गर्छन् । माक्र्स भन्थे– ‘साम्यवाद भनेको एक वाक्यमा निजी सम्पतिको उन्मूलन हो । निजी सम्पत्तिको मोहमा चुर्लुम्मै डुबेर साम्यवादी हुनुको दाबी कति पत्यारिलो हुन्छ ?

प्रश्न यहाँ धेरै ठूलो छ । नेकपा माक्र्सवादी–लेनिनवादी पार्टी हो । साम्यवाद अन्तिम लक्ष्य भएको पार्टी हो तर कस्तो लेनिनवादी ? सोभियत मोडेल त नेकपा आफँैले अस्विकार गरिसक्यो त ? लेनिनले माक्र्सको बुझाइलाई अब अन्त्य भयो भन्दै आफ्नो विचार धारालाई प्रभावशाली बनाउने प्रयास पनि गरेकै हो । भ्रष्टाचारलाई अन्त्य गर्न के नेपालको दुईतिहाइले कम्युनिस्ट विचारमा दिने सजाय पारित गर्न सक्छ ? साँच्चिकै भ्रष्टाचारलाई अन्त्य गर्दै हामी एउटा नयाँ समाज निर्माण को कल्पना को अपेक्षा गर्न सक्छौँ त ?

पुँजीवादी अर्थतन्त्र जो माक्र्सले विचार थियो जसले आज संसारमा मलेसिया, सिंगापुरजस्ता मुलुक २१औँ शताब्दीमा विकसित मुलुक बनेका छन् । नेताहरूले साम्यवादको कुरा गर्दा आफैँ भ्रष्टाचारी बन्दै र भ्रष्टाचार गराउँदै जाँदा कहिले पनि हाम्रो समाज गरिबीबाट मुक्ति पाउन नसक्ने निश्चित छ । साँच्चिकै कम्युनिज्म लाई नै प्रधानमन्त्री ले पालना गर्ने हो भने हरेका तरिकाका करप्सनलाई अन्त्य गर्नै पर्छ । होइन भने भ्रष्टाचारको मामलामा चुप लागेर यसलाई बढावा दिएर कम्युनिज्ममा छु भन्ने कुरा र प्रचार गर्ने क्रम अन्त्य गर्नुपर्छ ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी मिलेर २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिस्ट पार्टी भारतको कलकत्तास्थित श्यामवजारमा गठन गरे । पार्टी स्थापनापश्चात् कुन देशको कम्युनिस्ट पार्टीलाई आदर्श मान्ने भन्ने पनि निश्चय थिएन चीनलाई मान्ने कि रूसलाई मान्ने भनेर पनि मतभेद थियो । स्थापना सँग–सँगै सुरुवातीमा माक्र्स र लेनिनको विचार धारालाई लिएर हिँडेको कम्युनिस्ट पार्टीमा कमरेड प्रचण्ड राजनीतिको यी धारमा थिएनन् विस्तारै पुष्पलालसँग भेट्दै थिए र मोहनविक्रम सिंहको चौथो महाधिवेशनमा पसेका हुन, जतिखेर सिंहबाहेक भक्तबहादुर श्रेष्ठ र निर्मल लामाजस्ता नेता सो ठाउँमा थिए ।

५ जनाबाट सुरू भएको कम्युनिस्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो । सत्रको हिसाबले त भनिन्छ ७० वर्षे इतिहासमा कम्युनिस्ट पार्टी ७० पटक नै फुट्यो । समय बित्दा मुलुक को विभिन्न परिस्थितिबाट कम्युनिस्ट पार्टी को नेतृत्व गर्ने नेताहरू आ–आफ्नो हिसावले निकास र मुलुकलाइं समृद्धिको बाटो मा लैजानलाई आफ्नो तरिकाले आन्दोलन गराउँदै गए, पार्टीहरू पनि जुट्नुभन्दा बढी फुट्दै गए । २०२८ सालमा नेपाल कम्युनिसट आन्दोलनको अर्को दुईवटा प्रस्ट लाइन देखाप¥यो । झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस पुष्पलालको पार्टी यी दुवैमा थिएन ।

एउटाको नेतृत्व सिपी मैनालीले गर्थे, जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए । अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्ध मात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्ने एजेन्डा बोकेको थियो । यी दुई समूहबीचको गहिरो ध्रुवीकरण ४८ वर्षसम्म रह्यो । २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे दुईचार पटक जुटे पनि अहिले पनि दुई धारमै हिँडेका छन् । ०२८ सालमा झापाली समूहको सक्रिय यूवा नेता भएका केपी शर्मा ओली अहिले नेपालको वर्तमान राजनीतिको बादशाह बनेका छन् । त्यस्तै, प्रचण्ड पनि मुख्य पात्र बनेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई ०७५ जेठ ३ गते मदन भण्डारी स्मृति दिवसको दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । पार्टी एकता हुनुभन्दा अघि साबिक एमाले र साबिक माओवादी केन्द्र मिलेर चुनावी घोषणा पत्र जारि गरेका थिए । घोषणा पत्रले नेपाली जनताको हितको लागि ज्यादै नै आकांक्षा बोकेको देखेर विश्वास गरे पनि दुई वर्ष बित्न लाग्दा पनि आश आशै रही रह्यो । त्यस्तै, सुखी नेपाल समृद्ध नेपालको नारा पनि केवल नारामै सीमित रह्यो ।

यो लेख रविभूषण शाहले सौर्य दैनिकको लागि लेख्नुभएको हो !

प्रकाशित : बिहिबार, माघ १६, २०७६०३:२२

“एमसीसीबारे भ्रम पाल्नु जरुरी छैन, अमेरिकाको अदृश्य स्वार्थमा नजाऔँ”