स्वाद र सन्तुष्टिका साथै तौल कम गर्नमा पनि उपयोगी छ पनिर, जान्नुहोस यसका फाइदाका बारेमा !

प्रोटिन तत्वले भरिपुर्ण पनिर स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ। यसलाई शरीरको अनावश्यक तौल घटाउनका लागि पनि प्रयोग गर्ने  गरिन्छ। प्रोटिनले भरपुर पनिरले अनावश्यक शारीरिक तौल घटाउनमा बिशेष भूमिका निर्वाह गर्नुका साथै स्वादिष्ट खानाको तृप्ति मेटाउनमा समेत मदत गर्दछ।

यसमा प्रोटिनको मात्रा अत्यधिक र कार्बोहाईड्रेडको मात्रा कम हुन्छ।  शाकाहारी व्यक्तिहरुका लागि त झन् प्रोटिन तत्वको लागि पनिर उपयुक्त खाना हो। साथै अनावश्यक शारीरिक तौलले हैरानी खेपीरहनु परेकाहरुका लागि त झन् हरेक दिन पनिरको सेवन लाभदायक हुन् सक्छ।

आखिर तौल घटाउनका लागि पनिर नै किन प्रयोग गर्ने त यस्ता छन  यसका मुख्य चार कारणहरु हेर्नुहोस;

पनिरमा क्यालोरीको मात्रा कम हुन्छ 

लो फ्याट गाईको दुधबाट बनेको १०० ग्राम पनिरमा करिब १.२ ग्राम कार्बोहाइड्रेट यानकी मात्र ७२ क्यालोरी पाइन्छ। त्यसैले गर्दा यसलाई वजन घटाउनका लागि नियमित डाइट समाबेश गर्नु उपयुक्त रहेको छ।

फ्याटको राम्रो स्रोत 

अनावश्यक शारीरिक वजन घटाउने सोचमा रहेकाहरुका लागि हेल्थी फ्याटको निश्चय नै जरुरत पर्दछ। यदि शरीरमा हेल्थी फ्याटको मात्रा बढी भएमा यसले शरीरमा जम्मा भएको अनावश्यक क्यालोरी नष्ट गरि तौल कम गर्नमा प्रभावकारी  भूमिका निर्वाह गर्दछ।

भोक कम गर्नका लागि 

पनिरमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रसस्त मात्रामा पाइने भएकाले यसको सेवनले लामो समय सम्मका लागि भोक निवारण गर्न सकिन्छ।  जसले गर्दा पटक पटक भोक लागेर खाना खानु पर्ने समस्या कम हुन् जान्छ र अनावश्यक तौल कम गर्न मदत पुग्दछ।

पनिरमा संयुग्मित लिनोलिकयुक्त  एसिड पाइन्छ 

संयुग्मित लिनोलिक एसिड (सीएलए) को प्रयोग तौल कम गर्न साथै बडी बनाउनक लागि प्रयोग गर्ने गरिन्छ। यसैमा पनिर पनि सीएलएको राम्रो डेरी उत्पादनको स्रोत हो।

तौल कम गर्नका लागि कसरी उपयोग गर्ने त पनिर 

पनिरलाई कालो खुर्सानी र कालो नुन मिसाई काच्चै खान सकिन्छ।  यसका साथै यसलाई स्वाद अनुसार विभिन्न तरिकाले पनि प्रयोग गर्न सकिन्छ। तथापी स्वस्थ रहनका लागि भने यसमा अरु केहि मिसाई राख्नु पर्ने आवस्यकता पर्दैन। पनिर् बनाउने समयमा यसमा तेल, मख्खन या पनिर बटर मसला मिलाई प्रयोग गरेको खण्डमा वजन घट्नुको सट्टा बढ्न सक्छ त्यसैले पनिर बनाउने समयमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

 

 

 

प्रकाशित : बुधबार, जेठ २२, २०७६०६:३३

यस्ता छन् नासपाती खानुका फाइदाहरु , हेर्नुहोस !