यस्ता छन् नासपाती खानुका फाइदाहरु , हेर्नुहोस !

नासपाती गर्मीको समयमा फल्ने एक यस्तो फल हो जुन स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ।  यसमा रहेको भिटामिन , मिनरल्स ,तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मदत गर्दछ।  यति मात्र नभई नासपातीको प्रयोग ब्युटी प्रोडक्टमा समेत गर्ने गरिन्छ। यसै सन्दर्भमाआज हामी नासपाती खानुका फाइदाको बारेमा कुरा गर्न जादैछु , आउनुहोस नासपाती सेवनको फाइदाको बारेमा जानिराखौं ;

शरीरमा रगतको मात्रा बढाउनका लागि

नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मदत गर्छ।  एनेमिया जस्ता रोगका शिकार भएकाहरुका लागि हरेक दिन नासपातीको सेवनलाई  प्रभावकारी मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि 

हरेक दिन नासपातीको सेवन गर्नाले प्रतिरोधात्मक कक्षमतामा वृद्धि गराउनुका साथै विभिन्न ब्याक्टेरियल तथा इन्फ़ेक्शनल संक्रमणबाट छुटकारा दिलाउछ। यसका अलावा नासपातीको सेवनले पाचन प्रक्रिया समेत मजबुत बनाउछ।

हाडजोर्नी मजबुत बनाउन 

नासपातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पर्न सहयोग गर्छ।  साथै हरेक दिन नासपाती खानाले माम्सपेशी सम्बन्धी बिभिन समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।

तौल घटाउनका लागि 

नासपातीमा पाइने फाइबर तत्वले यसको सेवनले भोक कम लाग्ने भएकाले र शरीरको अनावश्यक तौल कम गर्न मदत गर्दछ।

मधुमेहको लागि 

मधुमेह रोगीलाई गुलियो बस्तुहरुको सेवन गर्नमा रोक लगाईएको हुन्छ तर पनि नासपाती खानमा गुलियो हुनका साथै यसले मधुमेह रोगीलाई कुनै असर नगर्ने बताईएको छ।

कोलेस्टोरेल नियन्त्रण 

नासपातीमा फाइबरको मात्रा प्रसस्त पाइन्छ।  जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धि समस्याबाट बचाउछ। यसका अलावा यसले अथेरोस्क्लेरोसिस,हृदयघात  र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ।

क्यान्सर 

नासपातीमा पाइने एंटी कैसरोजेनिक गुण क्यान्सर रोकथाम गर्नमा मदत गर्दछ।  साथै यसमा अन्य फलको तुलनामा अत्यधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ।

प्रकाशित : बुधबार, जेठ २२, २०७६०८:४७

ईदमा नै किन हुन्छ सलमानको चलचित्र प्रदर्शन , यस्तो छ कारण !