ईदमा नै किन हुन्छ सलमानको चलचित्र प्रदर्शन , यस्तो छ कारण !

एजेन्सी , बलिउड अभिनेता सलमान खान अभिनित पछिल्लो समयको प्रतिक्षारत चलचित्र भारत इदको अवसर परेर हिजोबाट विभिन्न सिनेमाघर प्रदर्शन  भईरहेको छ। दर्शकहरुमा  प्रदर्शन अगावै चलचित्रको लागि अग्रिम टिकट बुकिङ्गको लागि होडबाजी नै चलेको छ।  ‘सुल्तान’ र ‘टाइगर जिन्दा हैं’ पश्चात सलमानले तेस्रो पटक निर्देशक अली अब्बास ज़फरका साथमा चलचित्रमा काम गरेका  हुन्।

चलचित्रघरमा अग्रिम टिकट बुक गर्नका लागि हाल सम्म पनि दर्शकहरुको उल्लेखनीय रुपमा उपस्तिथिति रहेको छ साथै दर्शकहरु पनि चलचित्रलाई चलचित्र भारतलाई लिएर उत्साहित रहेका छन।  पछिल्लो बर्ष सलमान अभिनित चलचित्र ‘रेस ३’ प्रदर्शनमा आएको थियो जुन चलचित्रमा सलमानलाई मुख्य भुमिकामा देखिएको थियो। चलचित्रले प्रदर्शनको पहिलो दिन २९.१७ करोडको व्यापार गर्न सफल भएको थियो। साथै सन् २०१७ मा उनीद्वारा नै अभिनित चलचित्र ‘ ट्यूबलाइट’ प्रदर्शनमाआयो  जसको पहिलो दिनको कमाई २१ करोड रहेको थियो भने चलचित्र बक्स अफिसमा फ्लप साबित हुन् पुग्यो।

सन् २०१६ मा नै प्रदर्शनमा आएको सलमान खान र अनुष्का शर्मा स्टारर चलचित्रले प्रदर्शन भएको दिन ३६.५४ करोडको व्यापार गर्न सफल भएको थियो जुन चलचित्र २०१६ मा सबैभन्दा बढीको व्यापार गर्ने सुचिमा सुचिकृत समेत रहन पुग्यो।  जसलाई निर्देशक अली अब्बासले निर्देशन गरेका हुन्।

निर्देशक कबीर खानद्वारा निर्देशित बर्ष २०१५ मा प्रदर्शनमा आएको सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानको पनि पहिलो दिनको कलेक्सन २७.२५ रहेको थियो।  हेरौं भारतले सलमानका अघिल्ला समयमा प्रदर्शनमा आएको चलचित्रको तुलनामा कत्तिको व्यापार गर्न सफल हुनेछ।

 

 

प्रकाशित : बिहिबार, जेठ २३, २०७६०६:१८

यस्ता स्वास्थ्य समस्याको रामवाण हो कपुर !