यस्ता स्वास्थ्य समस्याको रामवाण हो कपुर !

हिन्दु परम्परा अनुसार प्राय: पुजा आजा गरिने सामान र भगवान मानेर पुजिने हरेक बस्तुहरु निकै नै उपयोगी ठहरिएको छ। धर्मसंग मात्र जोडिएका यी कुराहरु हाल भने बैज्ञानिक ढंगबाट समेत उपयोगी र महत्वपुर्ण भएको खोज र अनुसन्धानहरुबाट पुष्टि भएको छ। जस्तै पिपल ,तुलसी,कुश,मठ मन्दिर,घन्टी बजाउनु देखि ठुला बढाकोको पाउ छुनुसम्म हरेक क्रियाकलाप र सामानहरुको पछाडी एउटा न एउटा कारण लुकेको छ। अन्य कुराहरु त पछि गर्दै जाने नै छौ। तर आज भने हामी हिन्दु परम्परा अनुसार पुजा आजाको लागि पवित्र मानिने कपुरको बारेमा कुरा गर्न गईरहेका छौं।

के छन् त कपुरले मानब स्वास्थ्यमा पुर्याउने फाईदाहरु ? आउनुहोस् जानीराखौं।

-फुराएको हिंगमा कपुर मिसाएर बिहान बेलुका सेवन गर्नाले दम रोगबाट केहि मुक्ति पाउन सकिन्छ।

-अदुवाको धुलो र मरीचमा कपुर मिसाएर हरेक दिन सेवन गर्नाले पुरानो खोकी ठिक हुदै जान्छ।

-कपुर बालेर धुवाँ सुँघ्नाले साधारण खोकी ठिक हुन्छ। कागतीको रसमा कपुर मिसाएर मनतातो पारि दुखेको ठाउँमा लगाउनाले ठिक हुदै जान्छ।

-अदुवाको धुलोमा कपुर मिसाई तातोपानिसंग मिसाएर खानाले जीर्ण, आउँ, बाथ जस्ता समस्या बाट मुक्ति पाउन सकिन्छ।

-कपुरलाई पानीमा मिसाएर सेवन गर्नाले पेट दुख्ने समस्या बाट समेत मुक्ति पाउन सकिन्छ साथै  यसलाई रायोको तेलमा मिसाएर मालिस गर्नाले बाथ सम्बन्धि समस्याबाट मुक्ति पाउन सकिन्छ।

-निन्द्रा नलाग्ने र बेला बेलामा बेहोस हुने समस्या छ भने फुराएको हिङ्ग र कपुर मिसाएर गोलि बनाई सेवन गर्नाले निको हुदै जान्छ।

-दाँत कीराले खाएमा दांतको प्वालमा कपुर राख्नाले दुखाई कम हुदै जान्छ भने किराबाट पनि छुटकारा पाउन सकिन्छ।

-मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दिनहुँ दाँत माझ्ने गर्नाले दांत किराले खाने समस्याबाट मुक्ति पाउन सकिन्छ।

-हैजा, आउँ लागेर हात खुट्टा चिसो भएमा सुद्द रक्सीमा कपुर मिसाई पानीमा राखेर खानाले शरिर तात्दै जान्छ।

-नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले पित्त ,खटिरा, एलर्जी जस्ता विभिन्न छाला सम्बन्धि समस्याबाट मुति पाउन सकिन्छ।

-शरीरमा काम ज्वरो आएमा र चिसोले सताएमा घ्यु र मरिचको धुलोमा कपुर मिसाएर मालिस गर्नाले यी समस्याबाट मुक्ति पाउन सकिन्छ।

-पाँच भाग कपुर र एक भाग गन्धक, मट्टीतेलमा मिसाएर मल्हम बनाइ नियमित लागाउनाले दाद आएको निको हुदै जान्छ।

-कपुर स्वाभाविक रुपमै चिसो हुने भएकाले यासलाई पोलेको ठाउँमा लगाउनाले दुखाई कम हुदै जान्छ।

– नरिवलको तेलमा कपुर मिसाएर लागाउनाले कपाल झर्ने र चायाँको समस्याबाट समेत मुक्ति पाउन सकिन्छ

प्रकाशित : बिहिबार, जेठ २३, २०७६०७:२२

यस्ता छन कटहरका अपत्यारिला फाइदाहरु , जानिराखौं !