यो पढ्नुहोस
लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक: कहिले खुल्ला लाइसेन्सको अनलाइन फारम ?
काठमाडौँ – केहि समय देखि बन्द रहेको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम पुन: सुचारु गरिने भएको छ। सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बुधबार देखि सुचारु गरिने भएको हो।
अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्नका लागि यातायात व्यवस्था विभागले केहि दिन अगाडी सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरेको थियो।
अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जनको काम लगभग सकिने अवस्थामा पुगेको हुँदा बुधबार देखि अनलाइन फारम पुन: संचालनमा ल्याइन लागिएको हो।
अनलाइन प्रणाली परिमार्जनको काम सम्पन्न भई प्रणालीका कुनै समस्या नआएको खण्डमा बुधबार देखि फारम खुला गर्ने विभागको तयारी छ।
विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।