काठमाडौं – विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिका विरुद्ध अर्ध शतक पुरा गरेका छन् । विनोदले ६२ बलमा अर्ध शतक पुरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोद ६२ बलमा ५ चौका र १ छक्का सहित ५० रनमा खेलि रहेका छन् ।
टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ । कुशलले ५० रनको कीर्तिमानी योगदान दिदै क्याच आउट भए । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि कुशलले ३२ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरले क्याच छाड्दा ब्यक्तिगत ३८ रनमामा जीवनदान दिएका थिए । कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी हुन् ।
एक समय ४९(५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडीआईमा यो नेपालको कुनै पनि विकेटकालागि गरेको उच्च साझेदारी पनि हो ।