इटलीका महान दार्शनिक एलेना कोर्नारो पिस्कोपियालाई विश्वको पहिलोपटक बिद्याबारिधि हासिल गर्ने महिलाको रुपमा चिनिन्छ। उनले बर्ष १६७८ मा ३२ बर्षको उमेरमा इतिहास रचेकी हुन्। केहि दिन अघि मात्र एलेनाको ३७३ औँ जन्मजयन्ती मनाईएको छ।
एलेनाले सन् १६४६ को जुन ५ मा माता जानेटा बोनी र पिता जियानबेटिस्टा कोर्नारो पिस्कोपिया कोखबाट तेस्रो सन्तानको रुपमा बेनिस सहरमा जन्म लिएकी हुन्। आश्चर्यको कुरा त के हो भने एलेना को माता पिताको बिवाह उनि जन्मेकै बर्षमा भएको हो। सानै देखि पढाईमा सौखिन एलेनाले सात बर्षको उमेरमा नै ल्याटिन , ग्रीक , फ्रेन्च , स्पेनिश भाषा सिकीसकेकी थिइन्। यसका साथै बिस्तारै बिस्तारै उनले हिब्रु र अरबी भाषामा पनि दक्षता हासिल गर्न सफल भईन।
एलेनाको पिताले उनको पढाई प्रतिको झुकाव देखेर उनलाई शहरमा पढ्न पठाएका थिए। उनले धर्मशास्त्र , दर्शन शास्त्रमा लगायत गणित र खगोल बिज्ञानमा दक्षता हासिल गरेकी थिइन्।
एलेना कोर्नारो पिस्कोपियालाई पढाईका साथ साथै संगीतमा पनि लगाव थियो। उनले बिणा ,भायलिन, पियानो जस्ता बाद्यबाधन बजाउन सिकेकी थिइन्। उक्त समयमा उनले केहि संगीत कम्पोज समेत गरेकी थिइन्। जीवनको अन्तिम कालखण्ड बच्चाको पढाईमा खर्चिएर सन् १६४८ को जुलाई १६ तारिखका दिन उनले यो संसारबाट बिदा लिएकी हुन्।