अस्ट्रेलिया डढेलो: टुहुरा जनावरको सहयोगमा जुटे वृद्ध-वृद्धा, गर्दैछन् पालन-पोषण ! [तसिर सहित]

गत सेप्टेम्बर देखि अस्ट्रेलियामा फैलिएको डढेलोले ३३ जनाको ज्यान लियो, १ अर्ब भन्दा बढी जीव-जन्तु नष्ट भए। यस्तै उक्त डढेलोले वनस्पतिय रुपमा पुर्याएको क्षतिको त कुनै लेखा जोखानै छैन।

१ अर्ब भन्दा बढी जीव-जन्तु नष्ट भएसँगै हाल अस्ट्रेलियामा डढेलोका कारण घाइते भएका जनावरहरुका लागि विभिन्न अभियानहरु संचालन गरिएका छन्।

यसै बीच जुली विलिस र ग्यारी विल्सन नाम गरेका दुई व्यक्ति पनि वासस्थान गुमाएका जनावरहरुको सहयोगमा जुटेका छन्। हाल उनीहरुले आफ्नो घरमा ६० भन्दा बढी जनावरहरुलाई वास दिएका छन्।

डढेलोले वासस्थान गुमाएका ६० भन्दा बढी जनवारहरुलाई आफ्नै घरमा पालिरहेका छन्। सामाजिक संजालमा अहिले यी दुईको कामलाई धेरैनै सराहना मिलेको छ।

बताइएअनुसार, न्यु साउथ वेल्सको एक सानो वस्ती भेल्तालिबा नजिकको जंगलमा फैलिएको डढेलोले वासस्थान गुमाएका ६० भन्दा बढी कंगारूलाई जुली र ग्यारीले आफ्नो घरमा वास दिएका छन्।

दुवै मिलेर उनीहरुको रेखदेख समेत गरिरहेको बताइएको छ। सामाजिक संजालमा अहिले उनीहरुका तस्विर समेत देखा परेका छन्। जसमा धेरैले उनीहरुको खुलेर प्रशंसा गरेका छन्।

-एजेन्सी

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०६:१४

सार्वजनिक स्थलमै कारसँग अ-श्लील हर्कत, यस्तो छ कारण!