चैत्र महिनाको पहिलो हप्ता कुन राशिको लागि कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि:

क्षमता प्रदर्शन गर्ने अवसर मिल्नुका साथै, साथी भाइको सहयोग प्राप्त हुने देखिन्छ। यस हप्ता, केहि नयाँ काम सुरु गर्नु अघि आफ्नो अभिभावकको सुझाव लिनुपर्ला। यस साता, आफ्नो स्वास्थ्यमा पनि केहि ध्यान दिनुहोला।

वृष राशि:

यो हप्ता, साझेदारी कामबाट निकै लाभ हुने देखिन्छ। नयाँ अवसरहरु पनि प्राप्त होला। तर, थौरै लगानीबाट सुरु गरिएको व्यवसायबाट लाभ उठाउन भने अलि समय लाग्नेछ। रोजगारी तथा पदोन्नतिका लागि अझै बढी मेहनत गर्नुपर्ला। यात्राका लागि राम्रो योग रहेको देखिन्छ।

मिथुन राशि:

साथीभाईहरुबाट धोका पाइने योग रहेको हुदा, यो हप्ता आँखा चिम्लिएर कसैलाई विश्वास नगर्नुहोला। प्रतिस्पर्धाबाट सम्मानजनक स्थान पाइने देखिन्छ। खर्चमा अलि नियन्त्रण गर्नुपर्ला। यो हप्ताका लागि हरियो रंग निकै शुभ साबित हुनेछ।

कर्कट राशि:

यो साता, प्रेम सम्बन्ध अझ बलियो हुने देखिन्छ। आकस्मिक यात्राको योग रहेको हुदा खर्चमा वृद्धि होला। वैदेशिक क्षेत्रमा गरेको योगदानले शुभ फल दिलाउने छ। आकस्मिक भोजभतेरमा सहभागी हुने देखिन्छ।

सिंह राशि:

यस साता, धर्म-कर्म तथा सामाजिक कार्यहरुमा मन जानेछ। परिस्थिति अनुसार काम गरे सफलताका साथै मान-सम्मान पनि पाइने देखिन्छ। कसैलाई वाचा गर्नुअघि निकै सोच-विचार गर्नुहोला। यो हप्ता, झैँ-झगडाबाट टाढै रहनुहोला।

कन्या राशि :

प्रेम सम्बन्धमा केहि खट-पट देखिएला। यो साता, केहि कार्यक्रम तथा अभियानको नेतृत्व गर्ने योग रहेको देखिन्छ। बिगतका दिनमा गरेका कामको फल यो हप्ता पाइनेछ। यात्रा गर्दा भने निकै ध्यान दिनुहोला।

तुला राशि :

यो साता, दिगो फाइदा हुने कामको अवसर प्राप्त हुने देखिन्छ। यात्रामा अधिक खर्छ हुने योग रहेको छ।  कार्यस्थलका शत्रुहरुबाट सावधान रहनुहोला। स्वास्थ्यमा केहि समस्याहरु देखा पर्ला।

वृश्चिक राशि:

प्रेम सम्बन्ध बलियो हुने देखिन्छ। यो हप्ता, खर्चमा नियन्त्रण गर्नुपर्ला। पारिवारिक सल्लाहबाट काम पुरा गर्न सहज हुनेछ। धर्म कर्मबाट मन शान्त हुनेछ। सरकारीस्तरबाट पनि केहि सहयोग प्राप्त होला।

धनु राशि:

पारिवारिक सदस्यबाट व्यवसायमा केहि सहयोग प्राप्त हुनेछ। आर्थिक नोक्सानी हुने योग रहेको हुदा, अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्नुहोला। यात्राका लागि पनि राम्रो योग रहेको देखिन्छ। यो साता, मान-सम्मानमा पनि वृद्ध हुनेछ।

मकर राशि:

प्रेम सम्बन्धमा केहि समस्याहरु देखापर्ला। सभा सम्मेलनमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ। यो साता, आर्थिक समस्याहरुबाट मुक्ति मिल्नेछ। पारिवारिक सम्बन्ध अझै बलियो हुने देखिन्छ।

कुम्भ राशि:

यो साता, व्यवसायबाट निकै लाभ हुने देखिन्छ। कुनै नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, अभिभावकसंग पनि छलफल गर्नुहोला। स्वास्थ्यमा केहि समस्याहरु  देखा पर्ला। यात्रा गर्दा केहि सावधानी अपनाउनुहोला।

मीन राशि:

साथि-भाईका कारण समस्याहरुको सामना गर्ने योग रहेको हुदा, खराब संगतबाट टाढै रहनुहोला। झैँ-झगडाको मामिलामा नफस्नुहोला। यो साता आफ्नो पुरा समय काम तथा पढाईमा लगाउदा फाइदाजनक हुने देखिन्छ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६१४:५५

विक्रम संवत २०७७: नयाँ संवत्सरमा ‘कालसर्प योग’को छायाँ, कुन राशिलाई कस्तो असर ? हेर्नुहोस् !