कलाकार एवम बरिष्ट साहित्यकार गिरीश कर्नाडको निधन !

एजेन्सी , चलचित्र ‘टाइगर जिंदा हैं’ मा सलमान खानका साथमा देखिएका कलाकार एवम बरिष्ट साहित्यकार गिरीश कर्नाडको सोमबार बिहान ८१ बर्षको उमेरमा निधन भएको छ। उनि पछिल्लो केहि समय अघिदेखि गम्भीर रोगका कारण अस्पतालमा भर्ना भएका थिए।  उनको जन्म सन् १९३८ मे १९ तारिखका दिन माथेरान, महाराष्ट्रमा भएको थियो। गिरिश भारतमा समकालीन लेखक , कलाकार , चलचित्र निर्देशक तथा नाटककारका रुपमा परिचित रहेका छन।

१९९८ मा ज्ञानपीठ ,पद्मश्री तथा पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित गिरिशका तुगलक, हयवदन, तलेदंड, नागमंडल ,ययाति जस्ता नाटकहरु उनका प्रसिद्ध कृति हुन्। सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्रका लागि उनले नेशनल अवार्ड समेत हात पारेका थिए। यसका साथै १९९८ मा नै उनि साहित्यको प्रतिष्ठित पुरस्कार   ज्ञानपिठ अवार्डले समेत सम्मानित हुन पुगेका हुन्।

गिरिशले १९७० मा चलचित्र संस्कार मार्फत अभिनय र स्क्रिप्ट लेखनमा डेब्यु गरेका हुन्। जुन चलचित्रले गोल्डेन लोटस अवार्ड जित्न समेत सफल भएको थियो।  बलिउडमा भने सन् १९९७ मा प्रदर्शनमा आएको ‘जादू का शंख’ चलचित्र उनि अभिनित पहिलो चलचित्र हो।  साथै गिरीश कर्नाड सलमान खानको चलचित्र एक था टाइगर र टाइगर ज़िंदा है के भाट दर्शक को मन मुटुमा बस्न सफल भएका हुन्।  यसका अलावा उनले निशांत , शिवाय , चक एण्ड डस्टर जस्ता चलचित्रमा काम गरेका छन।

उनको निधनले गर्दा बलिउड शोकमा डुबेको छ।  ।

 

प्रकाशित : सोमबार, जेठ २७, २०७६०६:२०

प्रभासद्वारा अभिनित ‘साहो’ को टिजर सार्वजनिक [भिडियो ]