प्रभासद्वारा अभिनित ‘साहो’ को टिजर सार्वजनिक [भिडियो ]

एजेन्सी , बलिउडको चर्चित चलचित्र ‘बाहुबली’ मा काम गरेपश्चात एकाएक चर्चामा आएका साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। टिजर हेर्दा चलचित्र एक्सनले भरिएको देख्न सकिन्छ। गुलसन कुमार र भुषण कुमारको निर्माणमा तयार गरिएको चलचित्र ‘साहो’ लाई निर्देशक सुजितले निर्देशन गरेका हुन्।

भारतमा निर्माण भएको चलचित्रमध्ये हाल सम्मकै सबैभन्दा खतरनाक एक्सन भएको बताईएको चलचित्र ‘साहो’ मा एक्सनलाई  मुख्य प्राथमिकता दिइएको छ। सार्वजनिक गरिएको उक्त टिजरमा चलचित्रको कथाबस्तु भने खासै खुलाईएको छैन। चलचित्रमा प्रभासको एक्सन अवतारलाई दर्शकहरुले रुचाउने निर्माण टिमले अनुमान लगाएका छन। चलचित्र अगस्ट १५ देखि प्रदर्शनमा आउने भएको छ।

प्रकाशित : बिहिबार, जेठ ३०, २०७६०७:२१

तस्बिरमा हेर्नुहोस दिशा पटानीका केहि हट एण्ड बोल्ड तस्बिरहरु !