मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईको दिन थकान, आलस्य र व्यग्रताकोअनुभवमा बित्नेछ। कुरै कुरामा क्रोधित हुनुहुनेछ ।जसकारण कार्य नाबिग्रोस यस कुराको ध्यान राख्नुहोला , व्यापारको स्थान वा घरमा कसैको मनमा दुख नपुगोस यस कुराको ध्यान राख्नुहोला । कुनै धार्मिक वा मांगलिक कार्यमा जानुहुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शारीरिक तथा मानसिकरुपबाट अस्वस्थताको अनुभव गर्नुहुनेछ । कुनै नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। खान-पानमा विशेष ध्यान राख्नुहोला । स्वास्थ्य बिग्रिन सक्ला । निश्चित समयमा तपाईको कार्य पूर्ण नहोला । योग-ध्यानले मानसिकरुपबाट शान्त रहनुहुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईको दिन मनोरंजन तथा आनन्द -प्रमोदमा व्यस्त रहनेछ । मित्र तथा परिवारसँग आनन्दित वातावरणमा दिन बिताउनुहुनेछ । सामाजिक रुपबाट सम्मान र प्रसिद्धि पनि प्राप्त गर्नुहुनेछ । दाम्पत्यजीवनमा सुख प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको लागि दिन आनन्ददायक सफलता प्राप्त गर्ने खालको रहेको छ । परिवारसँग समय सुखपूर्वक बित्नेछ । आवश्यक कार्यमा खर्च हुनेछ । आर्थिक लाभको लागि राम्रो दिन रहेको छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । सिर्जनात्मकता पुरै तरिकाले आउनाले सिर्जानात्मक कार्य सुन्दर रुपमा सम्पन्न हुनेछ । सन्तानको शुभ समाचार मिल्नेछ । मित्रसँग भेट आनन्ददायी रहनेछ। धार्मिक परोपकार कार्य गर्नुहुनेछ ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
समय अनुकूल रहेको छैन । कैयौँ कुरालाई लिएर तपाईमा चिन्ता रहनेछ , जसकारण तपाई शारीरिक तथा मानसिक रुपबाट अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारको सदस्यसँग झगडा हुनेछ । पैसाको खर्च हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भाग्यवृद्धि हुनेछ । कुनै धार्मिक यात्राको आयोजन हुन सक्छ । नयाँ कार्यको प्रारम्भको लागि शुभ दिन रहेको छ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । विदेशबाट शुभ समाचार मिल्नेछ । सम्मान प्राप्त हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
तपाईको लागि दिन मध्यम फलदायी रहेको छ । बोलिमा ध्यान राख्नुहोला । विचारमा नकारात्मकता छाई रहनेछ । धार्मिक हेतुबाट खर्च हुन् सक्छ । विधार्थीको लागि समय अधिक अनुकूल रहेको छैन ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
तपाईको दिन निर्धारित गरिएको कार्य पूर्ण गर्नाले बित्नेछ । शारीरिक तथा मानसिक स्वस्थताले तपाईलाई प्रसन्न राख्नेछ। आफन्तसँग मिल्नाले मन आनन्दित रहनेछ । निकटको प्रेमीसँग शुभ प्रसंग उपस्थित हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मन अस्वस्थ रहनेछ । धार्मिक, सामाजिक कार्यमा पैसा खर्च हुनेछ । आफन्त र मित्रसँग झगडा हुनेछ। धनहानि र मानहानिको योग रहेको छ । बोलिमा ध्यान राख्नुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यस समय मिल्ने लाभको आनन्द दुई गुणा हुनेछ । नयाँ कार्यको आयोजनको लागि कार्यको प्रारम्भ सिद्द हुनेछ । व्यपारीको व्यापारमा विशेष लाभ हुनेछ । सामाजिक क्षेत्रमा कीर्ति मिल्नेछ । सन्तानसँग मेलमिलाप रहनेछ । आय बढ्नेछ ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
तपाईको दिन शुभ फलदायी रहेको छ। पेसा वा व्यापारमा तपाईले सफलता मिल्नेछ । यस कुराले तपाईको मनमा प्रसन्नता वृद्धि हुनेछ । पारिवारिक आनन्दले तपाई आनन्दित रहनेछ ।