मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
उगाही एवं यात्राको लागि दिन राम्रो रहेको छ । व्यापार सम्बन्धित कार्यको लागी लाभदायी दिन रहेको छ। घरमा शुभप्रसंगको आयोजन हुनेछ । आर्थिक लाभ हुनेछ । श्रीमतीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अनुकूलता र प्रतिकूलतासँग दिन मिल्नेछ । व्यवसायिक रूपबाट नयाँ विचारधारा रहनेछ। आलस्य र व्यग्रता रहनेछ । प्रतिस्पर्धाको साथ साथै वाद विवादमा उत्रिनु हुनेछ । अग्नि, जल र अकस्मातबाट सावधान रहनुहोला । व्यवसायमा पदोन्नति हुनेछ। बच्चाको प्रगतिबाट मनमा प्रसन्नता छाईरहनेछ । गृहस्थजीवन आनन्दपुर्वक बित्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नकारात्मक विचारलाई मनबाट टाढा राख्नुहोला । खान-पानमा ध्यान राख्नुहोला । आकस्मिक धनको खर्च हुनेछ। कसैसँग कारणवश बाहिर जाने प्रसंग उपस्थित हुनेछ । मध्यान्नपछि बौद्धिक अथवा साहित्यिक प्रवृत्तिमा व्यस्त रहनुहुनेछ । सन्तानको प्रश्नबाट मानसिक व्यग्रता बढ्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वादिष्ट एवं उत्तम भोजन, सुन्औदर वस्रत्र र विपरीत लिंगीय व्यक्तिसँग तपाई प्रसन्न रहनुहुनेछ । विचारमा अनिर्णायक्ता रहनेछ । अचानक धन खर्च हुनेछ । पेसा र धन्दामा परिस्थिति अनुकूल रहनेछ । रिसलाई काबुमा राख्नुहुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
व्यवसायमा धन सम्बन्धित आयोजन गर्नुहुनेछ । विदेश स्थित व्यवसायीबाट लाभ होला । प्रबल लाभको योग रहेको छ । व्यवहारमा अनिर्णायकता रहनेछ। आकस्मिक धनको खर्काच हुनेछ । परिस्थिति अनुकूल रहनेछ । क्रोधमा ध्यान राख्नुहोला ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
तपाईको दिन सुख-शंतिपुर्बक बित्नेछ। व्यापारको लागि दिन राम्रो रहेको छ। धन सम्बन्धित विषयमा सरलता रहनेछ। घरमा शान्ति र आनन्द रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । व्यवसायमा वातावरण राम्रो रहेनछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईको दिन मध्यम फलदायी रहेको छ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अभाव रहनेछ । परिवारमा उग्र वातावरण रहनेछ । व्यावहारिक जीवनमा मानहानिको प्रसंग नबनोस यस कुराको ध्यान राख्नुहोला । मध्यान्नपछि तपाईको शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
व्यवसायीजनको लागि दिन अनुकुल रहेको छ। मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकुलता रहनेछ । कुटुम्ब तथा मनदुःख हुने प्रसंग आउनेछ । खान-पानको व्यवस्था समयानुसार रहनेछैन ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
स्वास्थ्य राम्रो रहनेछ । तपाईको दिन आध्यात्मिक प्रवृत्तिको लागि निकै राम्रो रहेको छ । आर्थिक लाभ पनि हुनेछ । विधार्थीको विद्या-अभ्यासमा अधिक ध्यान दिनुहुनेछ । मध्यान्नपछि स्थिती अनुकुल रहनेछ । मनमा दुविधा हुनेछ । शरीर र मन दुवै स्वस्थ रहनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक र आध्यात्मिक प्रवृत्ति वृद्धि हुनेछ । व्यवसाय र व्यापारमा वातावरण अनुकूल रहनेछ। तपाईको हरेक कार्य सरलतासँग पूर्ण हुनेछ । जीवनमा पनि आनन्दको मात्र बढ्नेछ । मध्यान्नपछि विचारमा नकारात्मक भाव वृद्धि हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ । दुर्घटना एवं शल्यचिकित्साबाट सम्हाल्नु होला । मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । उच्च अधिकारीको कृपादृष्टि तपाईमा रहनेछ । मानसिक शान्ति तपाईको मनमा छाई रहनेछ ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
व्यावसायिक तथा अन्य क्षेत्रमा दिन लाभदायक रहेको छ । मध्यान्नपछि हरेक कार्यमा सावधानी अपनाउनु होला । व्यवसायिक कार्यमा सरकारी प्रभाव बढ्न सक्छ । अधिक श्रम गर्दा पनि फल कम प्राप्त हुनेछ ।