यी हुन् एक भन्दा बढी विवाह गर्ने नेपालका केहि चर्चित कलाकारहरु, हेर्नुहोस !

हिन्दु धर्मशास्त्र अनुसार विवाह भनेको सात जन्म सम्मको वाचा र बन्धन हो। जीवन अनिश्चित छ र अनिश्चित छ भन्ने थाहा हुदा हुदै पनि प्राय: मानिसले दोस्रो जन्म या सात जन्म सम्म एउटै व्यक्तिको हुन पाऊ भनेर कामना गर्ने गर्छन। फेरि यहाँ यस्ता व्यक्तिहरु पनि छन जो यहि जुनीमा पनि विवाह गरेपछि संगै बस्न सकेका छैनन् र छुट्टिएका छन्। बिवाहको बारेमा कुरा गर्दा आम मानिसको भन्दा नम चलेका र सबै मन मष्तिस्कमा बस्न सफल भएका व्यक्तिहरुको व्यक्तिगत जीवनको बारेमा जान्न पक्कै पनि सबैजना उत्साहित  हुन्छन नै  यसै सन्दर्भमा आज हामी एक भन्दा बढी विवाह गर्ने नेपालका केहि  नाम चलेका ७ नेपाली कलाकारहरुको बारेमा जानकरी दिन गईरहेका छौं आउनुहोस ति कलाकारको बारेमा जानीराखौं ;

१ – भुवन केसी

विवाह, प्रेम र सम्बन्ध विच्छेदको प्रसंगमा अभिनेता तथा निर्माता भुवन केसी निकै नै अग्र पंक्तिमा पर्दछन। उनले पहिलो विवाह विजया केसी र दोश्रो विवाह सुस्मिता बम्जनसंग गरेका हुन्। हाल भने उनको दुवै श्रीमती संग संबन्ध विच्छेद भईसकेको छ। उनका पहिलो श्रीमतीको दुई जाना छोरा छोरी रहेका छन् भने सुस्मिताका छोरा अनमोल केसी हुन्। जिवनका ५ दशक कटाई सक्दा पनि भुवनको जवानी भने गएको छैन , उनि पछिल्लो समय नायिका जिया केसी संग लिभिङ्ग रिलेसनसिपमा रहेको फिल्मी बजारमा चर्चा छ।

२ – प्रियंका कार्की

नायिका प्रियंका कार्कीले रोचक मैनाली संग २२ वर्षको उमेरमा पहिलो विवाह गरेकी हुन्। यद्धपि उनीहरुको संबन्ध टिकिरहन सकेन र दुई वर्ष पछि यी दुई अलग भएका थिए। गत वर्ष मात्रै नायक आयुष्मानसंग विवाह गरेकी थिइन् ।

३ -निखिल उप्रेती

नेपालका उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्ट कर्ताका रुपमा परिचित नायक निखिल उप्रेतीले पहिलो विवाह नौबिसेकी कोपिला उप्रेती संग गरेका हुन्। कोपिलाका २ छोरा समेत रहेका छन्। साथै उनले नायिका संचिता लुईटेलसंग दोस्रो विवाह गरे र केहि वर्ष फिल्मी क्षेत्रबाट नै अलप भए। संचिताको पनि दुई जना छोरा छोरी रहेका छन्।

४ – संचिता लुइँटेल

नायिका संचिता लुइँटेलले आकाश शाह संग पहिलो विवाह गरेकी हुन्। तर उनीहरुको संबन्ध टिकिरहन भने सकेन र कानुनी रुपमै छुट्टिए। त्यस पछि उनि नायक निखिल उप्रेती संग रिलेशनमा भईन र विवाह गरिन। हाल उनीहरुको दुई जना छोरा छोरी समेत रहेका छन्।

५ – छवि ओझा

छवी ओझाको अर्को परिपुरक नाम हो विवाह। हाल सम्म उनले ४ ओटा विवाह गरिसकेका छन्। उनले १९८४ मा विवाह गरे र ८ वर्ष पछि संबन्ध विच्छेद भयो। त्यस पछि उनले गितान्जली सुनुवार संग विवाह गरे। गितान्जलिले आत्मा हत्या गरे पछि एक्लिएका छविले २००२ मा नायिका रेखा थापासंग विवाह गरे। तर उनको तेस्रो विवाह पनि २०१२ मा गएर टुंगियो। रेखासंग छुट्टिएपछि नायिका शिल्पा पोख्रेलसंग विवाह गरे।

६ – शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठले दुई ओटा विवाह गरेका हुन्। पहिलो पत्नी गङ्गा देवी श्रेष्ठसंग संबन्ध विच्छेद भएपछी उनले दोस्रो पटक सृजना श्रेष्ठसंग विवाह गरेका हुन्। पहिलो श्रीमतिबाट उनको ४ छोरी र एक छोरा रहेका छन् भने दोश्रोबाट एक छोरा रहेका छन्।

७ – हरिबंश आचार्य

वरिष्ट हास्य कलाकार हरिबंश आचार्यले भने पत्नी मिरा आचार्यको निधन पछि रमिला पाठक संग दोश्रो विवाह गरेका हुन्। फेरि रमिलाको पनि श्रीमानको निधन भएको थियो। मीराको दुई जना छोरा रहेका छन् भने रमिला पनि हरिबंशसंग विवाह गर्नु अघि नै एक सन्तानकी आमा थिइन्।

प्रकाशित : बिहिबार, जेठ ३०, २०७६०६:४१

प्रभासद्वारा अभिनित ‘साहो’ को टिजर सार्वजनिक [भिडियो ]