अक्सर अधिकाशले एकपटक प्रयोग गरेर बढी भएको खानालाई बेकाम सम्झेर फाल्ने गरेका छन। साथै बासी भएको खानालाई कुकुर या अन्य जीव जनावरलाई दिने प्रचलन सदियौं देखि चल्दै आएको छ। तर आज हामी बासी रोटी खानुका महत्वपूर्ण फाइदाहरुको बारेमा यहाँहरुलाई केहि जानकारी दिन गईरहेका छौं । जसले विभिन्न शारीरिक समस्या कम गर्नका साथै स्वास्थ्यमा नसोचेको लाभ पुर्याउदछ आउनुहोस ,
मधुमेहको लागि
मधुमेहको समस्या भएकाहरुका लागि बासी रोटीको सेवन गर्नु अत्यन्तै लाभदायक रहेको छ। हरेक दिन बिहान दुधको साथमा बासी रोटी खाने गर्नाले शरीरमा चिनीको मात्रामा नियन्त्रण आउदछ।
रक्तचाप नियन्त्रणका लागि
रक्तचापको समस्या भएकाहरुका लागि पनि बासी रोटिको सेवन लाभदायक रहेको छ। हरेक दिन बिहान एक गिलास चिसो दूधका साथमा बासी रोटी खानाले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुदछ।
एसिडिटीका लागि
पेटसम्बन्धी समस्याहरु जस्तै एसिडिटी र कब्जियत भएकाहरुका लागि पनि बासी रोटीको सेवन एकदम फाइदाजनक रहेको छ। हरेक दिन यसको सेवन गर्नाले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा पाउन सकिन्छ।
बडि बनाउनका लागि
जिम जाने व्यक्तिहरुका लागि पनि बासी रोटि स्वाथ्यका लागि निकै नै फाइदाजनक रहेको छ। जिममा मसल्स बनाउनेहरुका लागि बासी रोटि अति नै उपयोगी खाना हो।
ताजा रोटीमा भन्दा बढी पौष्टिक तत्व
ताजा रोटीको तुलनामा बासी रोटीमा अत्याधिक मात्रामा पौष्टिक तत्व पाइन्छ किनकि लामो समय सम्म राख्नाले यसमा रहेको जुन ब्याक्टेरिया हुन्छ उक्त ब्याक्टेरिया स्वास्थ्यका लागि लाभदायक रहेको छ। तर बासी भन्दैमा १२ देखि १६ घण्टाभन्दा बढी समय राखिएको रोटी स्वास्थ्यका लागि हानिकारक रहेको छ।