साँझ देशका सबै पहाडी क्षेत्रमा पानी पर्ने !

काठमाडौँ – मौसममा देखिएको बलदीले शनिबार पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुको प्रभावले शनिबार बिहान सम्म सामान्य रहेको मौसममा दिउँसोबाट एक्कासी बदली भएको र यसले देशको पहाडी क्षेत्रमा वर्षा गराउने महाशाखाको भनाई छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभरको पहाडी क्षेत्रमा मौसम बदलि भएको छ। यस बदलिले साँझ लगभग सबै पहाडी क्षेत्रमा वर्षा गराउन सक्ने बताइएको छ।

कैलालीमा कोरोनाको र्यापिड टेष्ट जारी

कैलालीमा कोरोना सङ्क्रमण भए÷नभएको पत्ता लगाउन र्यापिड टेष्टका लागि किटको अपुग हुने जनाइएको छ । यहाँका स्थानीयतहका अनुसार जिल्लामा चैत महिनामा मात्रै १० हजारभन्दा बढी मानिस भारत लगायत अन्य देशबाट आएका छन् ।

टीकापुर नगरपालिकामा मात्र चैत महिनाभित्र भारतबाट स्वदेश आइ क्वारेन्टाइन नबसेर घरमै बसेका करिब ५०० देखि ७०० मानिस हुनसक्ने सक्ने बताइएको छ । तर यहाँ र्यापिड टेष्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

“हामीले अहिले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर भारतबाट आएर घरमै बसेकाहरुको यकिन तथ्याङ्क निकाल्दै छौँ, त्यसपछि यकिन तथ्याङ्क आउला ।’’ उनले भने, ‘‘अहिले यहाँ ५०० देखि ७०० जति सङ्ख्या भएको अनुमान छ ।’’

यस्तै, लम्की चुहा नगरपालिकामा समेत र्यापिट टेष्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ । “हामीले ३५ जनाको शुक्रबार टेष्ट गर्यौैँ ।’’ स्वास्थ्य शाखा संयोजक जयन्ति विष्टले भने, ‘‘बाँकी १५ किट रहेको छ आइतबार टेष्ट गर्छौं, हामीकहाँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नु ?’’

प्रकाशित : शनिबार, चैत २९, २०७६०९:४६

भिडियो बैठकमा पनि मास्क लगाएरै उपस्थित भए भारतीय प्रधानमन्त्री मोदी