वृद्ध दम्पती एउटै रूखमा झुण्डिएकाे अवस्थामा भेटिए !

काठमाडौँ – गुल्मीमा एक वृद्ध दम्पती मृत अवस्थामा फेला परेका छन्। सोमबार गुल्मीक एक वृद्ध दम्पती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकला एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु खनियाको रुखमा गलबन्दीमा झुन्डिएको पाइएको बताइएको छ।

पोखरामा अलपत्र ३४० मुस्ताङवासीलाई राहत प्रदान
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन जारी बन्दाबन्दी(लकडाउन)का कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर फर्किन नसकेका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ३४० जनालाई आज प्रदेश सरकारकोतर्फबाट राहतस्वरुप खाद्यन्न वितरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा–२५ स्थित एक घरमा आश्रय लिएर बसेका २० जनालाई राहत वितरण गरी राहत बाँड्ने कार्यको शुभारम्भ गरेका हुन् ।

पोखराको चाउथे, पृथ्वीचोक, काजीपोखरी, हेमजालगायतका स्थानमा बसेकालाई राहत वितण गरिएको थियो । मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले व्यापार व्यवसायसँगै अध्ययनका लागि आएका विद्यार्थीसमेत गरेर ५१५ जना सवारी साधान नचल्दा घर जान नपाएर अलपत्र परेको जानकारी जानकारी दिए।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७१२:४३

पेप्सीकोला बस्‍ने एकै परिवारका तीनजनामा कोरोनाको आशंका, आइसोलेसनमा भर्ना !