काठमाडौँ – भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन्। ‘सन्डे मर्निङ लभ यु’ गीत गाएर चर्चामा आएका भीम निरौला ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका हुन्।

अडिसनमा पनि उनले ‘सन्डे मर्निङ लभ यु’ गीत नै गाएका छन्। गीत गाउँदै गर्दा उनले दर्शक र निर्णायक मण्डलको राम्रै साथ समेत पाएका थिए।

युट्यूबमा सार्वजनिक एक भिडियोमा स्टेजमा उनले गाउँदै गर्दा दर्शकहरुले राम्रै साथ दिएको देखिएको छ। निर्णायक मण्डलमा रहेका साइमन कोवेल बाहेक अन्य सबै पनि उनको गीतमा रमाएको पनि भिडियोमा देख्न सकिन्छ। अडिसन राउन्डको पहिलो प्रस्तुतीसँगै भीम अघिल्लो चरणमा प्रवेश गरेका गरिसकेका छन्।

हाल बेलायतमा होटल म्यानेजरको रुपमा काम गर्दै आएका उनी दुई सन्तानमा पिता हुन् । उनी लगभग १३ देखि बेलायत रहँदै आएका छन्। धनकुटामा जन्मिएका उनी पढाईको लागि बेलायत पुगेका थिए।

