आकासियो तरकारीको मूल्य, टमाटरको भाउ दोब्बर!

काठमाडौँ, बैशाख १५ । बन्दाबन्दी अर्थात् लकडाउनको कारण वीरेन्द्रनगरमा तरकारीको मुल्य  बढेको छ । अहिले टमाटरको सिजन भएपनि जिल्ला बाहिरबाट आउने आयात ठप्प हुदा र स्थानीय उत्पादन बजारसम्म नपुग्दा  टमाटर तथा अन्य तरकारीको मूल्य आकासिएको हो।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गत चैत्र ११ गतेभन्दा अगाडि ४५ रूपैयाँ किलो पर्ने टमाटरको मूल्य अहिले वृद्धि भएर १३०  देखि १५०  रूपैयाँसम्म पुगेपछि उपभोक्ता मारमा परेका छन्। त्यस्तै अन्य तरकारीको मुल्य पनि २५ देखि ५० प्रतिशतसम्म वृद्धि भएको छ।

अहिले प्याज ७० देखि ८०, आलु ८०, काउली ५० देखि ७० र बन्दा ४० देखि ५० रूपैयाँ किलो  मूल्य पुगेको छ। यो मुल्य लकडाउनभन्दा अघिको मूल्यभन्दा करिब २५ देखि ५० प्रतिशत महँगो हो।

लकडाउनको बहानामा तरकारीको मूल्य चाहिने भन्दा बढी वृद्धि गरिएको  स्थानीयको गुनासो छ । किसानबाट तरकारी खरिद गर्दा व्यापारीले  सस्तो मुल्यमा लिने भएपनि उपभोक्तालाई  महँगो परेको छ । यसका लागि स्थानीय प्रशासनले अनुगमन गर्न जरुरी रहेको उपभोक्ताहरूको भनाइ छ।

तरकारी व्यापारीले किसानबाट तरकारी खरिद गर्दा सस्तो भए पनि उपभोक्ताको भान्सा महँगो परेको गुनासो गरेका छन्। यसका लागि स्थानीय प्रशासनले समेत अनुगमन गर्न नसकेको यहाँका उपभोक्ताहरूको भनाइ छ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०७:१२

“आजबाट लकडाउन थप कडा बनाउनु” – गृह मन्त्रालय