यी गल्तीका कारण कतै तपाई मोटोपनको शिकार त हुनु भएको छैन , जानिराखौं !

कतिपयलाइ लाग्न सक्ला आजभोली अधिकांश मानिसहरु गलत खानपानका कारण शरीरको तौल बढाईरहेका छन तर यो बिल्कुलै गलत हो यसको मतलब यो होइन की तपाई अब अनावश्यक खाना खान सुरु गर्नुहोस। कतिपय अवस्थामा शरीरमा मेटाबॉलिज्म कमजोर भएको कारणले  गर्दा खाएको खाना फ्याटको रुपमा जम्मा भई मोटोपन बढ्ने सम्भावना रहन्छ। साथै यो समस्या हर्मोनको असन्तुलनको कारणले पनि हुने गरेको पाइन्छ। यसको अलावा मोटोपन बढ्ने अन्य कारणहरु पनि रहेका छन जसको कारणले गर्दा शरीरमा अत्याधिक मोटोपन बढ्ने खतरा रहन्छ। आउनुहोस जानिराखौं तपाईको कुन आदतको कारणले मोटोपनको शिकार भईएको छ त ,

हर्मोन असन्तुलन हुनाले 

शरीरको हर्मोन घट्ने या बढ्ने क्रियालाई हर्मोन असन्तुलन भएको भनिन्छ।  हर्मोन असन्तुलित हुनाले मेटाबोलिज्म र पाचन क्रियामा गम्भीर असर पर्न जान्छ जसले गर्दा मोटोपन बढ्ने समस्या हुन्छ। साथै यसको कारणले निन्द्रा नपर्ने , मानसिक तनाव जस्ता समस्या देखा पर्न थाल्दछ।

टिभी हेर्दै खाना खानाले 

अधिकांश मानिसको टिभी हेर्दै खाना खाने नराम्रो बानी हुन्छ ,जसले गर्दा उनीहरुले यति सम्म पनि विचार पुर्याउदैनन कि आफुले कति खाना खाए भनेर। यस्तो खराब बानीलाई हटाई खाना ठिक्क मात्रामा जहिले पनि बिस्तारै चपाएर खानु पर्दछ।

निन्द्राको कमि 

एक स्वस्थ व्यक्तिका लागि कम्तिमा पनि ८ घण्टा निन्द्रा लिनुलाई प्रभावकारी मानिन्छ।  तर अधिकांश मानिस टिभी हेर्ने , मोबाइल चलाउने या कामको शिलशिलामा पुरा निन्द्रा लिन पाइरहेका छैन। कम निन्द्रा पनि मोटोपनको एक गम्भीर कारण हो।

समयमा खाना नखानाले 

समयमा नै खाना नखानु पनि मोटोपन बढाउने एक कारण हो त्यसैले जहिले पनि समयमा नै स्वास्थ्यवर्द्धक खाना खानु आवशयक छ।

बिहान पानी नपिउनाले 

कतिपयको बानी बिहान उठेर पानीको पिउनुको सट्टा बेड ति पिउने हुन्छ।  खालि पेटमा पानी नपिउनाले पेट राम्रोसंग सफा नहुनाले मोटोपनको शिकार भइन्छ। त्यसैले गर्दा स्वस्थ रहनका लागि साथै मोटोपन हुनबाट बच्नका लागि बिहान उठ्नासाथ एक गिलास पानी अवश्य सेवन गर्नु पर्दछ।

शारीरिक ब्यायामको अभाव 

वजन बढ्नुको एक अर्को कारण शारीरिक कसरत नगर्नु पनि हो। शारीरिक कसरत नगर्नाले शरीरमा क्यालोरी बर्न हुन पाउदैन र विस्तार बिस्तारै मोटोपनको रुप लिन थाल्छ। त्यसैले पनि हरेक दिन कमसेकम आधा घण्टा दैनिक ब्यायाम गर्नु आवश्यक छ।

तनावका कारण 

अत्याधिक मानसिक तनाव पनि मोटोपनको कारण हो त्यसैले मोटोपन हुनबाट बच्नका लागि तनाव कम लिनु आवश्यक छ।

आवश्यकताभन्दा बढी औषधीको सेवन 

रोग लागेर औषधिको प्रयोग गर्नु ठिक हो तर आजभोली स साना स्वास्थ्य समस्या देखिना साथै औषधिको सेवन गर्ने परिपाटी रहेको छ यसको कारणले अनावश्यक मोटोपनको समस्या निम्त्याउछ। नियमित रुपमा औषधीको सेवन गर्दै आइरहेकाहरु पनि मोटोपनको शिकार हुन पुगेका छन त्यसैले औषधिको प्रयोग गर्दा डाक्टरको उचित परामर्शमा मात्र लिनु आवश्यक छ।

गलत खानपान 

कोल्ड ड्रिंक्स, फ्रेन्च फ्राईज, बर्गर , पिज्जा आदिको सेवनले पनि मोटोपन बढ्ने अधिक सम्भावना रहन्छ। अत्याधिक तेलजन्य खानाको सेवनले मेटाबोलिज्म कमजोर हुन्छ। साथै कोल्ड ड्रिंक्समा सुगरको मात्रा अधिक रहनाले शरीरमा क्यालोरीको मात्रा अत्यधिक बढ्न जान्छ।

माथी उल्लिखित यी आदतका कारण शरीरको अनावश्यक मोटोपन बढ्ने समस्या रहन्छ त्यसैले समयमा नै सावधानी अपनाई मोटोपनको समस्याबाट छुटकारा पाउनुहोस्।

 

 

 

प्रकाशित : मङ्गलबार, असार १७, २०७६०८:३३

यस्ता घरेलु उपाय अपनाएको खण्डमा छोटो समयमा नै बढ्नेछ तपाईको कपाल, हेर्नुहोस !