यस्ता घरेलु उपाय अपनाएको खण्डमा छोटो समयमा नै बढ्नेछ तपाईको कपाल, हेर्नुहोस !

महिलाहरुको सुन्दरता सोह्र स्रिङ्गारमा मात्र होइन कपालले पनि झल्कने गर्छ। त्यसैले गर्दा प्राय महिलाहरू कपालप्रति एकदम शौखिन हुने गर्दछन जसका कारणले गर्दा अनेक प्रकारका बजारमा आएका हेयर प्रोडक्टहरुको प्रयोग गर्ने गर्छन। तर यस्ता केमिकल युक्त सामाग्रीहरुको प्रयोग गर्नाले कपालको वृद्धि ,विकास  हुनका बाबजुत कपाल झर्ने तथा चाया पर्ने समस्या देखा पर्न सक्छ। त्यसैले आज हामी कपालको उचित हेरचाह गर्नका लागि अपनाइने केहि घरेलु उपायका बारेमा कुरा गर्न जादैछौं ,आखिर के हो त त्यस्तो उपाय जसको प्रयोगले कपालको वृद्धि विकास हुनका साथै हरेक समस्यालाई छुमन्तर गर्न सकिन्छ आउनुहोस ,

यसका लागि यी दुई चिजको प्रयोग गर्नु पर्दछ

-निमको पात

-नरिवलको तेल

कसरी तयार गर्ने त ?

सबैभन्दा पहिले निमको पातलाई राम्रो संग पखालेर पिस्ने त्यसपछि १/२ चम्चा जति नरिवलको तेल र १  चम्चा निमको पत्ताको पेस्ट हालेर २ मिनेट जति तताएर तयार भएको झोललाई छानेर कुनै बोतलमा राखेर यसको प्रयोग गर्न सकिन्छ।

 प्रयोग गर्ने तरिका

उक्त तयार भएको तेल चिसो भएपछी कपालको  जरासम्म पुग्ने गरि मजाले मसाज गर्नु पर्छ। यसरी तेल लगाईसकेपछि ३० मिनेट पछि राम्रोसंग स्याम्पु लगाएर पखाल्नु पर्दछ।  यसरी हरेक हप्ताको २ पटक यसको प्रयोग गर्नाले केहि समय पश्चात नै फरक नतिजा प्राप्त गर्न सकिन्छ।

अमला वा आलिव आयलको प्रयोग

यदि नरिवलको तेल नभएको खण्डमा अमला या अलिवको तेलको समेत प्रयोग गर्न सकिन्छ।

कपाल झर्न तथा चायाँबाट छुटकारा

यसको प्रयोग गर्नाले कपालको वृद्धि र बिकाश छिटो छिटो हुनका साथै कपाल झर्ने तथा चायाँ पर्ने समस्याको जरै देखि निर्मुल पार्न सकिन्छ।

अन्य फाइदा

यस तेलको प्रयोग गर्नाले कपालको जरा सम्म पुगी रक्त संचार राम्रोसंग हुन्छ, साथमा कपाल रुखो हुनबाट समेत  बचाऊछ। जो व्यक्तिको अत्यधिक कामको चापले गर्दा टाउको दुख्ने समस्या हुन्छ उनीहरुका लागि पनि यसको प्रयोग लाभदायक हुने गर्छ।

प्रकाशित : बुधबार, असार १८, २०७६०७:४०

पर्याप्त निन्द्रा पुगे पनि डार्क सर्कल देखिन्छ भने यस्तो हुन सक्छ कारण, सजक रहनुहोस !