पर्याप्त निन्द्रा पुगे पनि डार्क सर्कल देखिन्छ भने यस्तो हुन सक्छ कारण, सजक रहनुहोस !

मान्यता अनुसार कम निन्द्राको कारण आँखामुनि कालो धब्बा बस्नुलाई सामान्यमा डार्क सर्कल भन्ने गरिन्छ। तर कहिले कहिँ शरीरलाई प्रसस्त आराम र निन्द्रा पुगेको अवस्थामा पनि आँखामुनि कालो धब्बा देखिन्छ। निन्द्राको कमि मात्र डार्क सर्कलको एकलौटी कारण भने पक्कै पनि होइन। यसै सन्दर्भमा आज हामी आँखामुनिको कालो धब्बा अर्थात् डार्क सर्कल देखिनु पछाडिको करणको बारेमा कुरा गर्न गईरहेका छौं , आउनुहोस।

जिनको कारण 

आँखामा डार्क सर्कल हुनु जिनको कारण पनि हो। यदि माता पितामा डार्क सर्कल छ भने छोराछोरीमा पनि डार्क सर्कल  सम्भावना रहन्छ। यदि यो जेनेटिक कारण हो भने यसो समस्यालाई कसै गरि पनि समाधान गर्न सकिदैन।

गलत खानपान 

आजभोलीका महिलाहरु आफ्नो ब्यस्त जीवनशैलीका बाबजुत खानपानमा खासै ध्यान दिदैनन तर यसो गर्नु स्वास्थ्यका लागि नराम्रो हो। उपयुक्त खानपानको अभावमा शरीरमा भिटामिन , मिनरल्स , तथा अन्य पोषक तत्वको कमि हुन जान्छ जसको फलस्वरूप डार्क सर्कल मात्र नभई उमेरै नपुगी छाला चाउरिने समस्या समेत देखा पर्दछ।

छाला सम्बन्धी हेरचाहको कमि 

डार्क सर्कललाई ढाक्नका लागि अत्याधिक मात्रामा मेकअपको प्रयोग गर्ने र राती सुत्नु भन्दा अगाडी सफा नगर्नाले यसको समस्या झनै जटिल बन्न पुग्छ।

आँखालाई जोडले रगडेर सफा गर्नाले 

आईस मेकअप सफा गर्नका लागि टिस्यु पेपरले  आँखालाई रगड़नाले पनि कहिले कहिँ डार्क सर्कल देखिने सम्भावाना रहन्छ। आँखाको मुनि तेल उत्पादन गर्ने कोष नहुदा छाला पातलो हुने र संबेदनशिल हुने खतरा रहन्छ जसले गर्दा आँखामा डार्क सर्कल देखिन थाल्छ।

आँखालाई बढी जोड दिनले   

लामो समय सम्म खुल्ला आँखाले मोबाइल , टिभी , कम्प्युटर जस्ता उपकरणमा हेर्नाले आँखामा डार्क सर्कल देखिन थाल्छ।  आँखाको मांशपेसीमा जोर नपर्ने गरि समय समयमा आँखालाई आराम दिनका साथै सफा पानीले धुनु आवश्यक छ।

गलत मेकअप प्रोडक्टका कारण 

के तपाई पैसा जोगाउनका लागि सस्तो र कम गुणस्तरीय मेकअप प्रोडक्टको प्रयोग गर्नुहुन्छ यदि गर्नुहुन्छ भने यस्तो आदत आजैबाट छुटाईहल्नुहोस किनकि यसले आँखामा डार्क सर्कल निम्त्याउने खतरा रहन्छ। आफ्नो छालालाई सुहाउने किसिमको सधैभरी गुणस्तरीय मेकअपको प्रयोग गर्नु आवश्यक छ।   ।

पर्याप्त पानीको अभाव

शरीरमा यदि पानीको कमि भएको अवस्थमा पनि आँखाको मुनि कालो धब्बा देखिन थाल्छ। यसले शरीरको रक्तसंचार राम्रो संग नहुने समस्या देखिन्छ।  शरीरमा पानीको मात्रा कम हुनाले अनुहारमा डार्क सर्कल देखिनुका साथै छालासम्बन्धी अन्य समस्या देखिन्छ।

प्रकाशित : बुधबार, असार १८, २०७६०९:४१

अत्याधिक इयरफोनको प्रयोगले भइनेछ यस्ता गम्भीर समस्याको शिकार, जानिराखौं !