कुनै पिडा पर्दा होस् या खुसि हुदा होस् जब हामी म्युजिकको धुनमा आफुलाई झुमाउने कोसिस गर्छौं तब हामी चिन्ता मुक्त हुन्छौं। यी र यस्तै कुराहरुले गर्दा हामी हरेक दिन कानमा इअरफोन लगाएर गीत सुन्ने गर्छौं। गीत सुन्नाले कुनै नराम्रो असर पर्दैन तर हामीले प्रयोग गर्ने इयरफोनले हाम्रो सुन्ने क्षमतामा भने गम्भीर असर पुर्याउन सक्छ।
विश्व स्वास्थ्य संगठनका (WHO)का अनुसार पुरा विश्वमा करिब ४६६ करोड मानिसले आफ्नो सुन्ने क्षमता गुमाएका छन। भविष्यमा यो आंकडा बढेर करिब ६३० करोड पुग्न सक्ने अनुमान समेत गरिएको छ। उनीहरुका अनुसार विश्वमा इयरफोन प्रयोगकर्ता दिनानुदिन बढ्दै गएकाले यस्तो समस्या एक गम्भीर समस्याको रुपमा बढ्ने देखिन्छ।
धेरै इयरफोनको प्रयोग गर्दा कस्ता कस्ता समस्याको शिकार भइन्छ त ? जानीराखौ:
कानमा हावा पस्न अवरोध
आजकलका इयरफोन नया टेक्नोलोजी अनुरुपमा ठुला ठुला आवाजमा सुनिने खालका बन्न थालेका छन। यस्ता ठुला आवाज दिने खालका इयरफोनको प्रयोगले कानमा हावा पस्ने मुख्य ढोका बन्द हुन्छ, जसले गर्दा अनेक किसिमका इन्फेक्सन भई रोग निम्तिन सक्ने सम्भावना बढी हुन्छ।
कान सुन्य हुने
जब हामी लामो समय सम्म कानमा इयरफोन लगाएर गीत सुन्छौ तब कानबाट इयरफोन झिके पश्चात हाम्रो कान सुन्य हुन्छ केहीबेर सम्म कसैले बोलेको पनि केहि याद हुन्न । सुरुसुरुमा यो समस्या सामान्य लागे पनि पछि यसले सुन्ने क्षमता सधैका लागि प्रभावित पर्न सक्छ।
दिमागमा नकारात्मक असर
चाहिने भन्दा बढी समयसम्म कानमा ईयरफोन प्रयोग गर्नाले यसले हाम्रो दिमागमा नकारात्मक असर पार्न सक्छ। ईयरफोन बाट इलेक्ट्रोम्याग्नेटिक वेव्स निस्किन्छ। जसले गर्दा लामो समय सम्म यसको प्रयोगले दिमागले राम्रोसंग काम गर्न नसकी गम्भीर असर पर्न जान्छ।
त्यसैले कुनै पनि सामग्रीको प्रयोग हद भन्दा बढी गर्नु हुदैन जसको नकारात्मक असर जुनसुकै समयमा पनि पर्न सक्छ।