दैनिक प्रयोग गरिने साबुन, टुथपेस्ट जस्ता सामग्रीमा हाडजोर्नी कमजोर बनाउने रसायनको मिसावट, सजक रहनुहोस !

स्वस्थ एवम रोगमुक्त रहनका लागि हामीले सकेसम्म आफ्नो शारीरिक स्वास्थ्यमा बिशेष  ध्यान दिनु पर्छ। तर व्यक्तिगत सरसफाई गर्ने नाममा बजारमा उत्पादन भएका केमिकलयुक्त उत्पादन जस्तै साबुन , स्याम्पु , टुथपेस्ट आदिमा पाइने रसायनले ऑस्टियोपोरोसिस यानकी हड्डीसम्बन्धी रोग लाग्ने खतरा रहने एक अध्ययनले देखाएको छ।

आजभोलि दैनिक जीवनमा प्रयोग गरिने हरेक सामानमा मिसावट भएको पाइन्छ। जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ। हरेक सामानमा मिसाईएको केमिकलयुक्त चिजले स्वास्थ्यमा नकारात्मक असर पर्न जाने सम्भावना रहन्छ। हालै गरिएको एक अनुसन्धानमा दैनिक जीवनमा प्रयोग गरिने साबुन , स्याम्पु , ह्यान्डवास जस्ता अति उपभोग्गीय सामग्रीमा ट्राइक्लोसन नामकरसायन तत्व मिसाईने गरेको पाईएको छ।  जसले  महिलाहरुमा हड्डी सम्बन्धी रोग (ऑस्टियोपोरोसिस) लाग्ने सम्भावना प्रचुर मात्रामा रहने खुलासा भएको छ।

अध्ययनका अनुसार

करिब  १८४८ महिलालाई आधार बनाएर गरिएको एक विश्लेषणमा ट्राइक्लोसनको स्तर बढी भएका महिलाहरुमा हड्डीसम्बन्धी समस्या देखिने पाईएको छ। केहि अध्ययनका अनुसार ट्राइक्लोसनले थाईराईड र रिप्रोडक्टिव सिस्टममा पनि प्रभावित पार्ने काम गर्दछ। ट्राइक्लोसन ऑस्टोयपोरोसिस यानी हड्डी सम्बन्धी रोग जसमा हाडजोर्नी कमजोर तथा फ्याक्चर हुने सम्भावना बढी रहन्छ।

ट्राइक्लोसन के हो

ट्राइक्लोसन एक  रसायन हो जसको प्रयोग जेल , माउथवास, सैनिटाइज़र आदिमा गर्ने गरिन्छ। यो टुथपेस्ट र माउथवासमा पाइन्छ। यो रसायन एन्टी ब्याक्टेरियल हो। यो रसायनलाई महिलाको हर्मोन ( एस्ट्रोजन) को मात्राको लागि महत्वपुर्ण मानिन्छ। यसले रक्त्श्राब गर्ने ग्रन्थिमा नकारात्मक रुपमा प्रभावित पार्ने गर्छ। यो विभिन्न एन्टी ब्याक्टेरियाको रुपमा प्रयोग गर्ने गरिन्छ।

अध्ययनको परिणाम

अध्ययनमा कम ट्राइक्लोसन स्तरको महिलाको तुलनामा उच्‍च ट्राइक्लोसन स्तर भएको महिलामा हड्डी कमजोर हुने समस्या रहेको थियो। यस्तो समस्या पुरुषको तुलनमा बिशेषत महिलामा बढी हुने अनुसन्धानद्वरा पत्ता लगाईएको छ।

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६०९:२५

अध्ययन भन्छ – मोटोपन घटाउन रातको समयमा रुनु अति प्रभावकारी