बलिउड अभिनेता सलमान खान समय समयमा आफ्ना फ्यानहरुलाई सामाजिक संजाल मार्फत आफ्नो फिटनेस को राज बताउदै आउने गरेका छन। सलमान एसके २७ जिम सेन्टरको पनि छिट्टै नै लन्च गर्ने तयारीमा रहेका छन। यसका साथै बर्ष २०२० सम्ममा देशभर ३०० जिम सेन्टर खोल्ने समेत उनको योजना रहेको छ।
सलमानले दिएको एक बयान अनुसार बीइंग ह्यूमन चेन र बीइंग स्ट्रंग फिटनेस इक्विपमेंट पश्चात फिटनेस सेन्टरको शृंखला सुरुवात गर्न गईरहेको बताएका छन। एसके २७ को मुख्य उदेश्य भारतमा फिटनेसको संदेश फैलाउनु र हरेक व्यक्तिलाई स्वस्थ रहन प्रेरित गर्नुका साथै फिटनेस ट्रेनर र उद्यमीका लागि रोजगारको अवसर दिने रहेको छ।
सलमानले गत अप्रिलमा आफ्नो फिटनेस ब्रान्ड बीइंग स्ट्रंग लन्च गरेका थिए। जसको सहयोगले गर्दा हालसम्म भारतमा १७ भन्दा बढी जिम सेन्टर स्थापित भईसकेको बताईएको छ।