यस चलचित्र मार्फत एकसाथ पर्दामा देखिदै सलमान र आलिया !

एजेन्सी , पछिल्लो समय बलिउड सुपरस्टार सलमान खान र आलिया भट्ट स्टारर  चलचित्र ‘इंशाअल्लाह’ चर्चाको केन्द्रमा रहेको छ।  सलमान र आलिया यसै चलचित्र मार्फत पहिलो पटक चलचित्रको पर्दामा एकसाथ देखिदै छन। चलचित्रमा संजय लीला भन्सालीको निर्देशन रहनेछ। केहि समय अघि मात्र संजय लिला भन्साली सहित चलचित्र टिम चलचित्रको सुटिंग गर्ने उत्कृष्ट स्थानको खोजीमा युएसए पुगेका थिए।

स्रोतका अनुसार छिट्टै नै चलचित्र छायांकनका लागि फिल्डमा जाने बताईएको छ।  चलचित्रको पहिलो छायांकन कैलिफोर्निया बाट सुरु हुने समेत जनाईएको छ।  यसका साथै चलचित्रको सुटिंग विभिन्न रमणीय स्थानमा गरिने छ।

चलचित्र ‘इंशाअल्लाह’ एक अधबैंशे ब्यापारी र जवान अभिनेत्रीको बिषयमा केन्द्रित रहनेछ जसमा क्रमश सलमान र आलिया मुख्य भूमिकामा देखिनेछन। सलमान आलियाको जोडी चलचित्रको पर्दामा नया देखिए पनि दर्शकका लागि भने खुसीको कुरा रहनेछ किनकि यी दुई एकसाथ चलचित्रको पर्दामा देखिदैछन।

 

 

 

 

 

प्रकाशित : बिहिबार, असार १९, २०७६०६:०७

यी हुन् बर्ष २०१९ मा १०० करोडको क्लबमा पुग्न सफल बलिउडका चर्चित चलचित्रहरु , हेर्नुहोस !