अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु ४ को अवस्था गम्भीर !

बिहिवार असार १९ , अर्घाखाँचीको सन्धिखर्कमा आज जिप दुर्घटना २ जनाको मृत्य  र ५ जना घाइते भएका छन।

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खक आउदै गरेको लु १ ज १३२९ नम्वर जिप सन्धिखर्कस्थित खांचिखोलामा दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।  अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चालक सहित अन्य एक जनाको ज्यान गएको छ।  घाइते भएकाहरु मध्ये ५ जनाको अवस्था सामान्य रहेको र अन्य ४ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ।

घाइते भएकाहरुलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पतालमा  लगिएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित : बिहिबार, असार १९, २०७६०७:१४

लिबियाबाट इटालीतर्फ जादै गरेको शरणार्थी सवार डुंगा पल्टियो ,४ जनाको उद्धार ८२अझै बेपत्ता !