लिबियाबाट इटालीतर्फ जादै गरेको शरणार्थी सवार डुंगा पल्टियो ,४ जनाको उद्धार ८२अझै बेपत्ता !

असार २० ट्यूनिशिया , लिबियाबाट इटालीतर्फ जादै गरेको कुल ८६ शरणार्थी सवार डुंगा पल्टिदा डुंगामा सवार ८२ जनाको मृत्यु भएको आशंका गरिएको छ।समुन्द्रमा डुबेका मध्ये ४ जनालाई त्यहीका तट रक्षकले सकुशल उद्धार गरेका छन भने बाँकी सबैको मृत्यु भएको हुन सक्ने बताईएको छ।

डुंगामा रहेका सबै यात्रु शरणार्थी रहेको बताईएको छ। यात्रामा रहेका ८६ जानै यात्रु लिबियाबाट इटालीतर्फ जादै गरेका थिए। जसमध्ये  ८६ जना रहेकोमा ४ जनाको शकुशल उद्धार भएको र बाँकी ८२ जना  यात्रुको मृत्यु भएको हुन सक्ने आशंका समुन्द्रका  तटरक्षकहरुले गरेका छन।

हालसालै मात्रै लिबियाको राजधानी त्रिपोलीमा शरणार्थी निवासमा भएको हवाई आक्रमणमा ४० शरणार्थीको ज्यान गएको घटना सेलाउन नपाउदै पुन शरणार्थीमाथि नै ठुलो बज्रपात आइलागेको छ। प्रत्यक्षदर्शीका अनुसार उनीहरु लिबियाबाट भू मध्ये सागरको बाटो हुदै इटाली जाने प्रयासमा रहेका थिए।

 

 

 

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६०७:४८

बलिको लागि राखिएको ३ बर्षिय बालकको प्रहरीले गर्यो शकुशल उद्धार !